नेपालगन्ज: बाँके प्रहरीले बरामद गरेको लागुऔषध कोरोक्स नष्ट गरेकोछ ।
बरामद गरेको कोरेक्स र चरेश जिल्ला प्रशासन कार्यालयका प्रतिनिधीको रोहवरमा बिहीवार जिल्ला प्रशासन कार्यालय परिसरमा नष्ट गरिएको बाँके प्रहरीका मुद्धा फाँट इन्चार्ज हृदेश सापकोटाले जानकारी दिए ।
लकडाउनको समयमा अरु कारोबार नभए पनि लागुऔषधको कारोबार नरोकिएको प्रहरी अनुसन्धानले देखाएको छ । लकडाउनका बेला लुकिछिपी भारत जाने र उताबाट कोरोक्स लगायत अन्य लागुऔषध लिएर आउने गरेको घटनाले प्रष्ट पारेको छ ।
लकडाउन अवधिभर बाँके प्रहरीले दुई सय ५४ बोत्तल कोरेक्स र एक किलो चरेश बरामद गरेको हो । प्रहरीले कोरेक्स ओसारपसार गर्ने पाँच जना महिला र चरेशको कारोबारमा संलग्न दुई जना महिलालाई समेत पक्राउ गरेको जनाएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?