दुई सय ५४ बोत्तल कोरेक्स नष्ट


दुई सय ५४ बोत्तल कोरेक्स नष्ट

नेपालगन्ज: बाँके प्रहरीले बरामद गरेको लागुऔषध कोरोक्स नष्ट गरेकोछ ।

बरामद गरेको कोरेक्स र चरेश जिल्ला प्रशासन कार्यालयका प्रतिनिधीको रोहवरमा बिहीवार जिल्ला प्रशासन कार्यालय परिसरमा नष्ट गरिएको बाँके प्रहरीका मुद्धा फाँट इन्चार्ज हृदेश सापकोटाले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

लकडाउनको समयमा अरु कारोबार नभए पनि लागुऔषधको कारोबार नरोकिएको प्रहरी अनुसन्धानले देखाएको छ । लकडाउनका बेला लुकिछिपी भारत जाने र उताबाट कोरोक्स लगायत अन्य लागुऔषध लिएर आउने गरेको घटनाले प्रष्ट पारेको छ ।

लकडाउन अवधिभर बाँके प्रहरीले दुई सय ५४ बोत्तल कोरेक्स र एक किलो चरेश बरामद गरेको हो । प्रहरीले कोरेक्स ओसारपसार गर्ने पाँच जना महिला र चरेशको कारोबारमा संलग्न दुई जना महिलालाई समेत पक्राउ गरेको जनाएको छ ।