सांकेतिक तस्विर
नेपालगन्जः सिक्टा सिचाई आयोजनाको पूर्वी नहरमा डुवेर एक वालकको मृत्यु भएकोछ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर–३, बैसा स्थित नहरमा डुबेर रोल्पा सुनछहरी गाउँपालिका घर भई हाल पाल्पा तानसेन नगरपालिका वडा नम्बर ५ बस्दै आएका सीताराम पुनका ११ वर्षिय छोरा आशिष पुनको मृत्यु भएको हो ।
आमासगैं मामाघर आएका वालक स्थानीय बालबालिकासगैं नहरमा नुहाउन जाँदा आज शुक्रबार मध्यान्ह १२ बजे डुबेर मृत्यु भएका हुन् ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३, बैसा स्थित आफ्नो मावली बज्यै बितेपछि शुक्रबार चोखिने कार्यक्रममा आमासगैैं आएका ती वालकको मृत्यु भएको स्थानीय बजारी थारुले जानकारी दिइन् । वालक डुबेको बारेसगैं नुहाउन गएका बालबालिकाहरुले जानकारी दिएपछि स्थानीयहरु गएर वालकलाई नहरबाट निकालेको उनले बताइन ।
पानीबाट निकालेपछि वालकको हल्का ढुकढुकीमात्र चलेकाले उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लैजादाँ चिकित्सकले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज प्रहरी नायब निरीक्षक पुष्करराज जोशीले बताए ।
अहिले वालकको शव शिक्षण अस्पताल कोहलपुरमै रहेको र कोहलपुरबाट प्रहरी अनुसन्धानको टोली घटनास्थलमा आएर मुचुल्का उठाएपछि मात्र पोष्टमार्टम गरिने उनले बताए ।
मृतक वालकका बुवा सीताराम पुन हाल बैदेशिक रोजगारमा रहेको पारिवारिक स्रोतले जनाएको छ । वालक डुवेको स्थानमा पानीको सतह निकै गहिरो रहेको स्थानीयले बताएकाछन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?