शैक्षिक क्षेत्रमा विप्लवको दादागिरी, बाँकेमा बन्दको प्रभाव आंशिक


शैक्षिक क्षेत्रमा विप्लवको दादागिरी, बाँकेमा बन्दको प्रभाव आंशिक

नेपालगन्ज : देश शान्ति प्रक्रियामा आएसगैं दिगो शान्ति र विकासका लागि विद्यालय क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा लिदै कुनैपनि राजनितिक गतिविधिका नाममा विद्यालय बन्द नगर्न यसअघी विभिन्न राजनैतिक दलले प्रतिबद्धता जनाएका थिए ।

विद्यालयक्षेत्रलाई राजनितिबाट टाढा राखिनुपर्ने चौतर्फी दवाव र माग उठेसगैं विद्यालय लक्षित कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता राजनितिक दलले गरेका थिए । तर, विभिन्न कारण देखाई विद्यालय बन्द गर्ने कार्य अझै रोकिएको छैन । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ती क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भएको हो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले देशभरिका शिक्षण संस्था बन्दका कारण बाँकेमा पनि यसको प्रभाव रह्यो । अखिल क्रान्तिकारीको बन्दले नेपालगन्जसहित देशभरका निजी तथा सरकारी शिक्षणसंस्था प्रभावित भएका छन् । विप्लवको बन्दका कारण बाँकेमा प्रभाव आंशिक नै रह्यो । नगरक्षेत्रका केही विद्यालय सञ्चालनमा रहे ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा क्रान्तिकारीले स्कुल र कलेज बन्द आह्वान गरेको हो । यसअघि माघ १७ गते विप्लव माओवादीको विद्यार्थी विभाग हेरिरहेका नेता नरेन्द्र विश्वकर्मा मोरङबाट पक्राउ परेका थिए । सुनसरीमा जिल्ला भेला गरेर काठमाडौं फर्कने क्रममा विश्वकर्मालाई प्रहरीले तीन थाल गोलीसहित पक्राउ गरेको थियो । उनको झोला चेकजाँच गर्ने क्रममा गोली फेला परेको प्रहरीले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj