नेपालगन्ज: नेपालबाट भारत लैजादैँ गरिएको ५० केजी सुपारी प्रहरीले बरामद गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को जङ्गलिसिंहपुर्वाबाट भारत लगिदै गरेको ५० केजी सुपारी प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको प्रहरी टोलीले हिजो आईतबार राती पौने १२ बजे जङ्गलिसिंहपुर्वाहुदैं भारत लैजान लागिएको ५० केजी सुपारी नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाएको जनाएकोछ ।
प्रहरी टोलीले सुपारी तस्करी नियन्त्रणमा लिने क्रममा सुपारी चोरी पैठारी गर्ने ब्यक्ति सुपारी छाडी भागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए ।