राप्ती नदीमा हराइरहेका चालकको शव भेटियो


राप्ती नदीमा हराइरहेका चालकको शव भेटियो

नेपालगन्ज: बाँकेको राप्तीसोनारी गाउँपालिका अगैया स्थित सिक्टा सिचाइँ आयोजनाको ब्यारेजबाट राप्ती नदीमा ट्याक्टर खस्दा बेपत्ता भएका चालकको शव फेला परेकोछ ।

सिक्टा सिचाइँ आयोजनाको ब्यारेजमा अन्यन्त्रित भएर ठोक्किदाँ हिजो सोमबार दिउँसो सवा १ बजे ट्याक्टरसहित तीन जना नदीमा खसेका थिए ।
दुर्घटना लगत्तै बेपत्ता एकजनाको जिवितै उद्दार गरिएको थियो भने पछि कुसुमस्थित सशस्त्र प्रहरीको गोताखोरको साहयतामा बेपत्ताको खोजी गरिएको थियो ।

वेपत्ता भएका मध्ये राप्तीसोनारी गाउँपालिका–३, भगौतीपुरका २६ बर्षिय पूर्णबहादुर थारुको हिजो सोमबार बेलुका नै शव फेला परेको थियो ।

उनीसगैं वेपत्ता भएका ना ७ त ५१८ नम्बरको ट्याक्टरका चालकको आज मंगलबार २३ घण्टाको अन्तरालमा शव फेला परेको प्रहरीले जनाएकोछ ।
राप्ती नदीमा हराइरहेका चालक सुनील चौधरीलाई ब्यारेजको बाँध तलबाट आज मध्यान्ह १२ बजेतिर सशस्त्र प्रहरी बल शमशेरगञ्जको गोताखोर टोलीले फेला पारेको गोताखोर टिमका कमाण्डर रमेश थापाले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

गोताखोर टोलीले राप्तीसोनारी गाउँपालिका–३ का २६ वर्षिय पूर्ण बहादुर थारुको शव हिजो नै फेला पारेका थिए । आज भेटिएका चालकको हिजो अबेर साँझसम्म खोजि गरिएपनि रात परेपछि आज विहानदेखी खोजी गरिएको थियो ।

यो पनि पढ्नुहोस्

सिक्टा ब्यारेजबाट ट्रयाक्टर राप्ती नदिमा खस्दा एकको मृत्यु, एक बेपत्ता