नेपालगन्ज : सम्पत्ती विवादले उग्ररुप लिएपछि आफ्नै छोराबाट ५६ वर्षिय पुलुराम थारुको हत्या भएकोछ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–४, लामीडाँडाका ५६ वर्षिय पुलुराम थारुको हत्या उनकै छोरा छोरा ३० वर्षिय सुकलालले गरेका हुन् ।
सम्पत्तीका विषयमा सोमबार साँझ विवाद बढेपछि छोराले बुवालाई कुटपिट गर्न लागेको थाहा पाए लगत्तै गाउँलेहरु जम्मा भएर छुटाएका थिए । गाउँलेहरु फर्किएपछि छोराले बुवाको हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले जनाएको छ ।
बावुछोराको झगडा छुट्ट्याएर घर पुगेका गाउँलेहरुले विहान मात्रै पुलुरामको हत्या भएको थाहा पाएका थिए । विहान घरमा छोरालाई मात्रै देखेपछि गाउँलेहरुले सोधीखोजी गर्दा पुलुराम मृत भेटिएका थिए ।
पुलुरामको घाँटीमा निलडाम, शरीरको विभिन्न भागमा घाउचोट लागेको अवस्थामा मृत भेटिएपछि प्रहरीले छोरा सुकलाललाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार बुवाको हत्या आफुले नगरेको र झुण्डिएर आत्महत्या गरेको छोरा सुकलालले बयान दिएका छन् । स्थानीयहरुका अनुसार बावुछोराबीच यसअघि पनि बिवाद हुने गरेको र छोराले पटक पटक बुवालाई कुटपिट गर्ने गरेको बताएका छन् । बावुछोराबीच सम्पत्तिका विषयमा लामो समयदेखि बिवाद चल्दै आएको बुझिएको छ ।