बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

संक्रमित : ३२३, डिस्चार्ज : २०७, मृत्यु : २


बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमित दोस्रो ब्यक्तिको मृत्यु भएकोछ । पहिलो संक्रमित मृत्यु भएको एक महिनापछि बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ६ की ४६ वर्षीया महिलाको मृत्यु भएको हो । यो सगैं बाँकेमा मृत्यु हुनेको संख्या दुई पुगेकोछ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारत ती महिलाको सोमबार साँझ साढे ६ बजे मृत्यु भएको हो । मृत्यु अगावै उनको स्वाब भेरी अस्पताल नेपालगन्जमा परीक्षण गर्दा उनको मृत्युपश्चात बुधबर राती ८ बजे उनीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालई स्रोतका अनुसार निमोनियाले पीडित ती महिलाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो । यतिबेला उनको शव कोहलपुर स्थित मेडिकल कलेजमा राखिएकोछ । शव व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेकोछ ।

बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो । नेपालमा हालसम्म कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेमा यसअघि मृत्यु हुने पुरुषको मृत्युपश्चात स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको थियो भने यी महिलाको मृत्यु अगावै गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । बाँकेमा ३ सय २३ जना संक्रमित छन् भने २ सय ७ जना डिस्चार्ज भइसकेकाछन् ।