होम क्वारेन्टिनमा बसेका बृद्धको मृत्यु, कोरोना संक्रमित संख्या २३ पुग्यो


होम क्वारेन्टिनमा बसेका बृद्धको मृत्यु, कोरोना संक्रमित संख्या २३ पुग्यो

नेपालगन्ज : आईतबार एक कोरोना संक्रमितको मृत्यु थप भएको छ । योसगैं नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेकोछ ।

आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफिङ्गमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार गुल्मी छत्रकोट गाँउपालिका–५ मैनडाँडाका ६९ वर्षीय बृद्धको मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

उनी प्यारालाइसिस उपचारका लागि भारत गएका थिए । भारतबाट जेठ २५ गते नेपाल आएका थिए । नेपाल आएपछि होम क्वारेन्टिनमा नै रहेका उनको असार ५ गते घरमा नै मृत्यु भएको डाक्टर गौतमले जानकारी दिए ।

उनको सोही दिन स्वाब संकलन गरि नमुना जाँचका लागि प्रदेश प्रयोगशाला भैरहवामा पठाइएको थियो । असार ६ गते आएको रिपोर्टमा उनमा कोरोना संक्रमण देखिएको हो । नेपालमा हालसम्म ९ हजार २६ जनामा कोरोना संक्रमण देखिएको छ ।