नेपालगन्ज : आईतबार एक कोरोना संक्रमितको मृत्यु थप भएको छ । योसगैं नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेकोछ ।
आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफिङ्गमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार गुल्मी छत्रकोट गाँउपालिका–५ मैनडाँडाका ६९ वर्षीय बृद्धको मृत्यु भएको हो ।
उनी प्यारालाइसिस उपचारका लागि भारत गएका थिए । भारतबाट जेठ २५ गते नेपाल आएका थिए । नेपाल आएपछि होम क्वारेन्टिनमा नै रहेका उनको असार ५ गते घरमा नै मृत्यु भएको डाक्टर गौतमले जानकारी दिए ।
उनको सोही दिन स्वाब संकलन गरि नमुना जाँचका लागि प्रदेश प्रयोगशाला भैरहवामा पठाइएको थियो । असार ६ गते आएको रिपोर्टमा उनमा कोरोना संक्रमण देखिएको हो । नेपालमा हालसम्म ९ हजार २६ जनामा कोरोना संक्रमण देखिएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?