मोष्ट वान्टेड धर्मा सिंह : ६ वर्षमा ९ अपराध


मोष्ट वान्टेड धर्मा सिंह : ६ वर्षमा ९ अपराध

नेपालगन्ज : बाँके प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका अभुक्त राजेश यादव उर्फ ‘धर्मा’को पहिलो हत्या वसन्त मल्लको भएको पुष्टि भएकोछ ।

बाँके डुडुवा गाउँपालिका वडा नम्बर– ३ निवासी ३१ वर्षिय ‘धर्मा सिंह’ भनिने राजेश यादवको पछिल्लो अपराध रेकर्ड हेर्दा बाँके नेपालगन्ज –२१ पुरैना निवासी २२ वर्षिय वसन्त मल्ल भनिने छन्द विक्रम मल्लको अपहरण पछि हत्या गर्नु उनको पहिलो अपराधको सफलता भएको देखाएकोछ ।

त्यसोत राजेश यादवले अपराधको यात्रा तय गर्दा पहिलो पटक हत्या प्रयास गरेका थिए । बाँकेका राज बहादुर सिंहलाई २०६५ जेठ २६ गते गोली प्रहार गरे त्यो बेला उनको हत्या नै गर्ने उद्देश्य थियो तर, उनी असफल भए राजबहादुर घाईते बनेँ । त्यसलगत्तै प्रहरीसगं लुक्दै आफू अनुकुल समुह र अपराधिक गतिविधिमा संलग्न ब्यक्तिहरुको समुहमा रहेर उनले अपराधलाई अन्जाम दिन थाले ।

प्रहरीले पक्राउ गरेका राजेश यादवले २०६५ देखि २०७० को अन्त्यसम्म करिब एक दर्जन अपराध गरेका छन् । जसमध्ये कतिपय अपराधमा अदालतले कैद तथा जरिवाना समेत सुनाएकोछ । भने केही घटनामा समेत उनी फरार रहेको पाइएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

हत्या, अपहरण, करणी, फिरौती, विष्फोट लगायतका आपराधिक कार्यमा संलग्न राजेश तत्कालिन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा(ज्वालासिंह) मा आबद्ध भएको समेत बाँके प्रहरीले पुष्टि गरेकोछ ।

यादवले वसन्त मल्लको अपहरणपछि हत्या, नन्ना यादवको गोली हानी हत्या समेत गरेको प्रहरीको दाबि छ । मङ्गलबार विहान ३ बजे बाँके डुडुवा गाउँपालिका वडा नम्बर–३ निवासी राजेशलाई बाँके प्रहरील तरवार, चक्कु, मोबाईल, डायरी एक–एक थान सहित पक्राउ गरेकोछ ।

कहिले नेपालका विभिन्न ठाँउ त कहिले भारतमा लुकीछिपी बस्दै आएका प्रहरीको मोष्ट वान्टेड राजेशलाई उनकै घरबाट पक्राउ गर्न सफल भएको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर राना बताँउछन् ।

बाँके प्रहरीले सार्वजनिक गरेको तथ्यांकलाई हेर्दा २०६५ सालदेखि २०७० सालसम्म राजेश संलग्न अपराधका घटनाहरु यस्तो रहेकोछः

२०७० पुष १३ गते त्रिभुवन प्रसाद कुर्मीलाई फोन गरि फिरौती रकम माग गरेको र फिरौती रकम नदिए अपहण गर्ने धम्की दिएको त्रिभुवन प्रसाद कुर्मी जाहेरी दिदाँ बाँके जिल्ला अदालतले २०७१ फाल्गुन १७ गते ४ वर्ष कैद र ३० हजार जरिवाना गरेको थियो ।

२०६८ चैत्र ६ गते साविक गनापुर–९ स्थित प्रकाश अधिकारीको फ्याँक्ट्रीमा बम विष्फोट गराएको मुद्दामा बाँके जिल्ला अदालतले २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवाना तोकेको थियो ।

यस्तै २०६८ मङ्सिर १४ गते भूमीसुधार कार्यालय बाँकेमा बम विष्फोट गराएको मुद्दामा बाँके जिल्ला अदालतले २०७२ माघ १८ गते ६ महिना कैद र ५ हजार जरिवाना गराएको थियो ।

२०६८ मङ्सिर १४ गते मालपोत कार्यालय बाँकेमा बम विष्फोट गराएका राजेश यादवलाई बाँके जिल्ला अदालतले २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवाना तोकेको थियो ।

प्रहरी प्रशासनसंग लुक्दै छिप्दै अपराध गरिरहेका राजेश यादवले २०६८ माघ ४ गते बाँकेको साविक होलिया गाविस वडा नम्बर–२ वस्ने नन्ना यादवलाई गोली हानी हत्या गरी फरार रहेका थिए । यस्तै राजेश यादवले राज बहादुर सिंहलाई २०६५ जेठ २६ गते गोली प्रहार गरि घाईते बनाएका थिए ।

साविक बाँके पुरैना गाविस वडा नम्बर–२, निवासी २२ वर्षिय वसन्त मल्ल भन्ने छन्दविक्रम मल्ललाई २०६६ भदौ २१ गते अपहरण गरी हत्या गरेको मुद्दामा फरार रहेका थिए ।

हातहतियार खरखजाना मुद्दामा २०६६ पुष १७ गते राकेश कुमार लोनियालाई पक्राउ गर्दा फरार रहेको र २०६६ पुष १ गते अपहरण गर्ने धम्की मुद्दामा राकेश कुमार लोनियालाई पक्राउ गर्दा समेत उनको संलग्नता देखिदा फरार रहेको बाँके प्रहरीको अपराध रेकर्डले बताउँछ ।

पक्राउ परेका राजेशलाई ज्यान सम्बन्धी कसुर, अपरण तथा शरिर बन्धक, हातहतियार खरखजाना, विष्फोटक पदार्थ ऐन अनुसार सजाय हुने बाँके प्रहरी प्रमुख एसपी राना बताँउछन् ।