दुल्लुका ४५ वर्षीय कोरोना संक्रमितको मृत्य


दुल्लुका ४५ वर्षीय कोरोना संक्रमितको मृत्य

नेपालगन्ज : सुर्खेतमा उपचार गराइरहेका दैलेखका ४५ वर्षीय एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएकोछ ।

सुर्खेत वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा माहाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।

Kanti Aarogya Hospital Nepalgunj

लामो समयदेखि क्षयरोगबाट ग्रसीत ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि मंगलबार मृत्यु भएको हो ।

कोरोनाबाट थप एकको मृत्यु भएसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि सुर्खेतमा दुईजना, डोल्पा र दैलेखमा एक–एक जनाको मृत्यु भइसकेको छ । त्यस्तै कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।