नेपालगन्ज: बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ गाभरमा कार दुर्घटना हुदाँ एकजनाको मृत्यु भएकोछ ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत राप्तीसोनारी गाँउपालिकाको गाभरभन्दा २ किलोमिटर पश्चिममा उक्त कार दुर्घटना हुदाँ कार चालकको घटना स्थलमा मृत्यु भएको बाँके जिल्ला ट्राफिक प्रहरीले जनाएकोछ ।
पूर्वबाट पश्चिम आईरहेको बा १४ झ २७८९ नम्बरको कार अन्यन्त्रित भइ सडक छेउको रुखमा गई ठोक्किदाँ कार चालक चितवन भरतपुर महानगरपालिका–१२ कमलराज लम्सालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पबिन्द्र बमले सेतोखरीलाई जानकारी दिए ।
उनका अनुसार कारमा सवार अर्का पूर्वी नवलपरासी कावासोतीका क्षितिज कवाँर गम्भीर घाईते भएकाछन् । ट्राफिक प्रमुख पबिन्द्रले भने–‘प्रारम्भिक अनुसन्धानमा कार तिव्र गतिमा रहेको र अन्यन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्कीन जाँदा दुर्घटना भएको छ ।’ उनले थपे–‘कारमा दुईजनामात्र सवार रहेको पाइएकोछ । घाईते क्षितिजको उपचारका लागि अस्पताल लगिएकोछ ।’
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?