मोबाईलसहित एक पक्राउ


मोबाईलसहित एक पक्राउ

नेपालगन्ज : लकडाउनको फाइदा उठाउदै भारतबाट नेपाल ल्याइएको साढे दुई लाखको मोबाईल सहित एक जना प्रहरीको फन्दामा परेकाछन् ।
सीमावर्ती बजार रुपैडिहाबाट भिभो कम्पनीका विभिन्न मोडेलका ९ थान मोबाईलसहित नेपालगन्जका संसाद अन्सारीललाई ईलाका प्रहरी कार्यालय जमुनाहले नियन्त्रणमा लिएको छ ।

भारतबाट लुकाई छिपाई ल्याउदै गरेको करीब अढाई लाख बजार मूल्य बराबरको ९ थान मोबाईल सहित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जैसपुर निवासी अन्सारीलाई नियन्त्रणमा लिइएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख विष्णु गिरीका अनुसार बुधबार बेलुका करीब ५ बजे जमुनाह चोकबाट भिभो वाई १२ मोडलको ३ थान, भिभो वाई १५ मोडलको १ थान, भिभो वाई ११ मोडलको १ थान, रिडमी नोट ८ प्रो ४ थान सहित अन्सारीलाई नियन्त्रणमा लिएको हो ।

लामो समयदेखि भारतबाट चोरीबाटो हुँदै मोबाईल तथा ईलोक्ट्रोनिक्स सामान नेपाल भित्रिने गरेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय जमुनाहले सो क्षेत्रमा आफ्नो निगरानी बढाएको थियो । सोही निगरानी बढाएकोबेला लकडाउनमा पहिलो पटक ठूलोमात्रामा मोबाईल सहित एकजनालाई पक्राउ गरिएको हो ।