सीमा विवाद समाधानका लागि भारत वार्ता बस्न चाहदैन : परराष्ट्रमन्त्री
नेपालगन्ज : नेपाल–भारत सीमा सम्बन्धी समस्या समाधानका लागि भारतले अटेरी गरेकोछ । नेपालले भारतलाई पटक–पटक आग्रह गरे पनि भारत वार्तामा बस्नै नचाहेको रहस्य खुलेकोछ ।
नेपालले तीनपटक भारतलाई वार्ताका लागि प्रस्ताव पठाएको थियो तर नेपालले पठाएको प्रस्तावलाई सिधै लत्याउदै अटेरी गरिरहेकोछ ।
नेपालले सीमा विवाद समस्या समाधानका लागि धेरैपटक प्रयास गरेपनि भारतले कुनै वास्ता नदिएपछि यतिबेला नेपाल–भारत सीमा समस्या समाधान हुनुको साटो झन् जटिल बन्दै गएको बुझिएकोछ ।
नेपाललाई हेर्ने दृष्टिकोण र भारतको घमण्डका कारण यतिबेला नेपाल–भारत विवाद सतहमा पोखिएकोछ । यसले भारतले नेपाललाई हेपेको प्रष्ट हुन्छ ।
नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले सीमासम्बन्धी समस्या समाधानका लागि नेपालले भारतलाई आग्रह गरे पनि भारत वार्तामा बस्नै नचाहेको प्रष्ट्याएका छन् । उनले यस्तो बताएपछि भारतको नेपालप्रति ब्यवहार दमनकारी भएको पुष्टि हुन्छ ।
जारी नेकपाको स्थायी कमिटी बैठकमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालले तीनपटक भारतलाई वार्ताका लागि प्रस्ताव पठाएको जानकारी गराएकाछन् । उनले भने, ‘नोभेम्बर पहिलो साता भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरिसकेपछि त्यस विषयमा आपत्ति जनाउँदै भारतलाई समस्या समाधानका लागि तीनपटक वार्ताका लागि प्रस्ताव ग¥यो । पहिलोपटक नोभेम्बरमा, दोस्रो पटक डिसेम्बरमा र तेस्रोपटक फेब्रुअरीमा । तर, भारतले कुनै जवाफ नै पठाएन ।’
उनले सीमा समस्या वार्तामार्फत् समाधान गरिनुपर्ने भए पनि भारतले वास्ता नगरेको गुनासो गरे । त्यसैगरी उनले चीनसँग नेपालको कुनै सीमा समस्या नभएको र आगामी दिनमा कुनै समस्या आएमा संवादमार्फत् समाधान गरिने बताएका छन् ।
यस विषयमा बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कृषि तथा पशुपन्छी मन्त्रालयको अनाधिकृत तथ्यांकलाई आधार बनाएर समाचार बनाएकोमा आपत्ति जनाउँदै नेपाल–चीनबीचका सीमा समस्या सन् १९६१ अक्टोबर ५ को सीमा सन्धिअनुसार निर्धारित गरिएको छ । त्यसपछिको समझदारीपत्रमा दुवै मुलुकले हस्ताक्षर गरेको उल्लेख गरेको थियो ।
भारतले भने नेपालले सीमा समस्या समाधानका लागि तीनपटक प्रस्ताव गर्दा पनि जवाफ त दिएन नै उल्टै कोरोना महामारीकाबीच ८ मेमा नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेको थियो ।
कोरोना महामारीकैबीच चीनसँग वार्ता गरेको भारतले नेपालसँग भने कुनै चासो देखाएको छैन । यसले भारत चीनसगं डराएको र नेपाललाई नटेरेको प्रष्ट हुन्छ ।