नेपालगन्ज: दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ लाई चुनौती दिदै नेपालगन्जमा दुध बिक्रि बितरण भइरहेको तथ्य बाहिर आएकोछ ।
निर्देशिका विपरित दुध तथा दुग्धजन्य पदार्थ खुलेयाम विक्री वितरण भएपनि यसको नियमनकारी निकाय मौन बस्दा मानव स्वस्थ्य जोखिममा परेकोछ ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले प्रभावकारी बजार अनुगमन तथा निर्देशिका विपरित गरिएका कार्यलाई नियमन र कारबाही गर्न नसक्दा यस्तो जोखिम बढेर आएको हो ।
शुक्रबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित सडक खण्डमा बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ३ बस्ने शत्रुधन कुर्मीले दुधमा संस्कास्पद बस्तु मिसावट गर्न लागेको अवस्थामा पक्राउ परेपछि यस्तो रहस्य बाहिरिएको छ ।
बाँके प्रहरीले ३ वटा क्यानमा रहेको दुध सहित उनलाई पक्राउ गरि आवश्यक कारबाहीका लागी खाद्य प्रबिधि तथा गुणस्तर कार्यालयमा बुझाएको छ ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले प्रहरीद्वारा बुझाइएका शत्रुधन र उनका साथबाट बरामद गरिएको ३ क्यान दुधको परीक्षण गर्न प्रयोगशालामा नमुना लिएको कार्यालय प्रमुख ज्ञानेन्द्र प्रसाद मण्डलले जानकारी दिए ।
उनका अनुसार दुध छिट्टै बिग्रने बस्तु भएकाले बरामद भएको दुधलाई अनुसन्धान अवधीभर यथावस्थामा राख्न सम्भव नभएकोले परीक्षणका लागि छुट्टयाएको दुधबाहेक सबै नष्ट गरिएकोछ ।
नेपालगन्ज वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता बैश्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरीक्षक खडक बहादुर मल्ल, उपभोक्ता लगायतका सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो ।
कार्यालयकी खाद्य निरीक्षक नेत्रा बोगटीका अनुसार उक्त बरामद गरिएको दुध नष्ट गर्ने बेलासम्म दुध फाटिसकेको थियो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले दुधको नमुना परीक्षण लिईएको र प्रतिवेदनका आधारमा मुद्धाको कारबाही अगाडी बढाउने जनाएकोछ ।
दुध तथा दुग्ध पदार्थको स्वच्छता एवंम गुणस्तर सम्बन्धी मापदण्ड अनुसार किसानले आफुले उत्पादन गरेको दुध स्वच्छता कायम गरेर २ घण्टा भित्र बजारमा ल्याएर बिक्रि बितरण गर्न पाउने ब्यवस्था भएता पनि निर्देशिका बिपरित पक्राउ परेका शत्रुधन कुर्मीले घरघरबाट दुध खरिद गरि ८८ लिटर दुध ३ क्यानमा राखेर बिक्रि बितरणका लागी बर्दियाबाट नेपालगन्ज ल्याएका थिए ।
उनलाई दुधमा संस्कास्पद पदार्थ मिसावट गरेको र दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका बिपरित दुध बिक्रि गरेको बिषयमा अनुसन्धान गरि कारबाही प्रक्रिया अनुगाडी बढाईएको छ ।
नेपालगन्जको बजारमा भारत लगायत बाँकेका बिभिन्न गाउँबाट दुध संकलन गरेर ल्याई कानूनी मापदण्ड बिपरित सस्कास्पद गुणस्तरको दुध बिक्रि बितरण भईरहे पनि त्यसको प्रभावकारी नियमन र रोकथान हुन नसकेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतम वताउँछन् ।
नेपाल सरकार कृषि तथा पशुपक्षी बिकाश मन्त्रालयले २०७५ असोज ४ गते दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ स्वीकृत गरि २०७६ बैशाख देखि कार्यान्वयनमा ल्याएको भएता पनि निर्देशिका बिपरित नेपालगन्जमा डेरीका पसलका नाममा धेरैले खुल्ला रुपमा दुधको बिक्रि बितरण गरिरहेको र गाउँगाउँबाट दुध जम्मा गरि क्यानमा दुध ल्याएर टोल–टोलमा बिक्रि बितरण गरे पनि त्यसको उचित रोकथाम हुन नसकेको मञ्चका केन्द्रिय सदस्य गौतम बताउँछन् ।