नेपालगन्ज: अरिङ्गालको गोलो खोज्दै हिँडेका बेनीनगरपालिका–४ सिंगाका १८ वर्षीय अर्जुन श्रेष्ठको भीरबाट लडेर मृत्यु भएको छ । अरिङ्गालको गोलो खोज्दै हिँडेका श्रेष्ठसहितका पाँचजनाले एक ठाउँमा गोलो मात्रै भेटेपछि अर्को ठाउँमा जाने क्रममा मृत्यु भएको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।
भीरबाट चिप्लिएर लडेका श्रेष्ठको शुक्रबार घटनास्थलमै मृत्यु भएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए । ‘टोलीमा गएका अरु सुरक्षित छन्, थप अनुसन्धान भइरहेको छ,’ शर्माले भने ।
अरिङ्गाल खोज्दै हिँड्नेमा १० देखि १५ वर्षका चारजना रहेका छन् । पछिल्लो समय भीरपाखोमा जोखिम मोलेर अरिङ्गाल खोज्दै जानेको संख्या ह्वात्तै बढेको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?