भीरबाट लडेर एक युवकको मृत्यु


भीरबाट लडेर एक युवकको मृत्यु

नेपालगन्ज: अरिङ्गालको गोलो खोज्दै हिँडेका बेनीनगरपालिका–४ सिंगाका १८ वर्षीय अर्जुन श्रेष्ठको भीरबाट लडेर मृत्यु भएको छ । अरिङ्गालको गोलो खोज्दै हिँडेका श्रेष्ठसहितका पाँचजनाले एक ठाउँमा गोलो मात्रै भेटेपछि अर्को ठाउँमा जाने क्रममा मृत्यु भएको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।

भीरबाट चिप्लिएर लडेका श्रेष्ठको शुक्रबार घटनास्थलमै मृत्यु भएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए । ‘टोलीमा गएका अरु सुरक्षित छन्, थप अनुसन्धान भइरहेको छ,’ शर्माले भने ।

Kanti Aarogya Hospital Nepalgunj

अरिङ्गाल खोज्दै हिँड्नेमा १० देखि १५ वर्षका चारजना रहेका छन् । पछिल्लो समय भीरपाखोमा जोखिम मोलेर अरिङ्गाल खोज्दै जानेको संख्या ह्वात्तै बढेको छ ।