नेपालगन्ज: कार दुर्घटनामा पत्रकार कृष्ण बाबु पाण्डेको मृत्यु भएकोछ । न्युज २४ टिभीका पत्रकार कृष्ण बाबु पाण्डेको मध्यराती आफैले चलाएको कार दुर्घटनामा परि मृत्यु भएको हो ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–१, ड्राइभर टोलमा शनिबार राती भएको सवारी दुर्घटना हुदाँ उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएकोछ ।
बुटवलबाट मध्यराती पाण्डे घर फर्किरहँदा बा ७ च ६९५९ नम्बरको उनी आफैले चलाएको कार दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाईते भएका पाण्डेलाई उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
कार सडक किरानाको फलामे बारमा ठोक्किएको बताइएको छ । टिभी जर्नलिष्ट पाण्डेको शव अहिले पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
३० वर्षीय पाण्डे विगत ५ वर्षदेखि न्यूज २४ मा कार्यरत थिए । हाल प्रदेश ५ को व्यूरोको जिम्मेवारी पनि सम्हालिरहेका थिए । एउटा कुसल पत्रकारसंगै उनी एउटा राम्रो कलाकार पनि थिए । उनले लेखेका र अभिनय गरेका धेरै गीतहरू चर्चित छन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?