महिला संगठनद्वारा संघीयता खारेजको माग


महिला संगठनद्वारा संघीयता खारेजको माग

नेपालगन्ज : राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेले संघीयता खारेजीको माग गरेको छ । सोमबार नेपालगन्जमा निकालिएको बिरोध र्याली मार्फत संगठनले यस्तो माग गरेको हो ।

संघीयता खारेजी मागसँगै पछिल्लो समय बाँके लगायत देशभरमा बढ्दै गएको महिला हिंसा, भ्रष्टाचारको नियन्त्रण तथा अन्त्यको माग गर्दै संगठनले यस्ता गतिविधीका विरूद्ध ¥याली प्रदर्शन गरेको संगठनका सचिव तारा ओली बताउँछिन् । राप्रपाको पाटी कार्यालयबाट शुरू भएको विरोध ¥याली त्रिुवनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

उक्त कोण सभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय सदस्य तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले भ्रष्टाचारको अन्त्य गर्न सकारले उचित रणनीति अपनाई अघि बढ्नुपर्ने बताए । उनले महिला हिंसाका घटना दिनप्रतिदिन बढेकोले यसको रोकथाम तथा नियन्त्रण र दोषीमाथि कानूनी कारबाहीका लागि सरकार गम्भीर हुन जरूरी रहेको उनले बताए ।

बिरोध सभामा महिलामैत्री क्वारेन्टिनको व्यवस्था हुनुपर्ने, पीसिआर टेस्टको दायरा बढाउनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, संविधानम राजसंस्था कायम गर्नुपर्ने लगायतका माग राखिएको संगठनका जिल्ला कमिटी सदस्य केशु पोखरेल ओलीले बताईन् ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रमा राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटा, तेजनारायण कंडेल, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, संगठनका जिल्ला अध्यक्ष इन्दिरा शाही लगायतको सहभागीता रहेको थियो ।