बालकको गर्दन काट्ने चन्द पक्राउ


बालकको गर्दन काट्ने चन्द पक्राउ

चन्दद्वारा हत्या प्रयासमा गर्दन काटिएका बालक ।

नेपालगन्ज : कोहलपुरमा एक बालकको गर्दन काटेर हत्या प्रयास गरिएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर– १३ का ७ वर्षीय एक बालकको गर्दन काटेर हत्या गर्ने प्रयास गरिरहेका एक युवालाई प्रहरीले पक्राउ गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुबाश खड्काका अनुसार राप्तिसोनारी गाँउपालिका वडा नम्बर–९ बस्ने ३४ वर्षिय विजय चन्दले कोहलपुर वडा नम्बर १३ खड्कवार निवासी ७ वर्षिय बालक रोमित थारुको गर्दन काटेर हत्या गर्ने प्रयास गरेका हुन् ।

बालक आफ्नो मामाको घरमा रोपाइँ गर्न गएका बेलामा चन्दले धारिलो हतियार हँसिया प्रयोग गरी घाँटीको पछाडी (गर्दन) रेटेर घाइते बनाएका थिए । घाइते बालकको यतिबेला कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको र चन्दलाई पक्राउ गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।