बाँकेसहित तीन जिल्लामा तीन पुरुष मृत भेटिए


बाँकेसहित तीन जिल्लामा तीन पुरुष मृत भेटिए

नेपालगन्ज : मङ्गलबार बाँकेसहित पाँचथर र लमजुङ जिल्लामा तीन पुरुषको शव भेटिएकोछ । बाँके, पाँचथर र लमजुङमा तीनजना पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–९ ढकेरी बजारमा एक पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।
ढकेरी बजारमा मृत अवस्थामा फेला परेका ती अन्दाजी ५० वर्षीय पुरुषको नाम, थर नखुलेको बाँके प्रहरीले बताएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै पाँचथर, याङवरक गाउँपालिका–४ थर्पु घर भई फिदिम नगरपालिका– १ फिदिम बजार डेरा गरी बस्ने ४९ वर्षीय टेकनाथ शिवाकोटी आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । उनको हत्या वा आत्महत्या हो भन्ने विषयमा पाँचथर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसैगरी लमजुङ, मध्य नेपाल नगरपालिका–५ सर्दी खोलास्थित खेतमा सोही नगरपालिका–४ सानो कुमालगाउँ बस्ने ६४ वर्षीय इन्द्रबहादुर कुमाल मृत अवस्थामा फेला परेका छन् ।