नेपालगन्ज : मङ्गलबार बाँकेसहित पाँचथर र लमजुङ जिल्लामा तीन पुरुषको शव भेटिएकोछ । बाँके, पाँचथर र लमजुङमा तीनजना पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–९ ढकेरी बजारमा एक पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।
ढकेरी बजारमा मृत अवस्थामा फेला परेका ती अन्दाजी ५० वर्षीय पुरुषको नाम, थर नखुलेको बाँके प्रहरीले बताएकोछ ।
यस्तै पाँचथर, याङवरक गाउँपालिका–४ थर्पु घर भई फिदिम नगरपालिका– १ फिदिम बजार डेरा गरी बस्ने ४९ वर्षीय टेकनाथ शिवाकोटी आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । उनको हत्या वा आत्महत्या हो भन्ने विषयमा पाँचथर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसैगरी लमजुङ, मध्य नेपाल नगरपालिका–५ सर्दी खोलास्थित खेतमा सोही नगरपालिका–४ सानो कुमालगाउँ बस्ने ६४ वर्षीय इन्द्रबहादुर कुमाल मृत अवस्थामा फेला परेका छन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?