काँग्रेसले गर्यो मल्ललाई पार्टीबाट निष्काशित


काँग्रेसले गर्यो मल्ललाई पार्टीबाट निष्काशित

नेपालगन्ज : नेपाली काँग्रेसले महासमिति सदस्य बाँकेका नेता महेन्द्र मल्ललाई पार्टीबाट निष्कासन गरेको छ । बुधबार बसेको काँग्रेस अनुशासन समिति बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पाँच वर्षका लागि मल्ललाई पार्टीबाट निष्कासन गरेको हो ।

पार्टीविरूद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा अनुशासन समितिमा मल्लमाथि उजुरी परेको थियो । काँग्रेस बाँकेको संगठन विभाग प्रमुख भएका मल्लले गत वर्ष उक्त जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै, बाँके पार्टी सभापति किरण कोइरालामाथि गत वर्ष भदौमा भएको आक्रमणमा सत्तारूढ दल नेकपाका कार्यकर्ताको संलग्नता नरहेको अभिव्यक्ति मल्लले दिएपछि उनीविरूद्ध अनुशासन समितिमा उजुरी परेको थियो ।

काँग्रेस जागरण अभियानका क्रममा खजुरा गाउँपालिका–२ मा सभापति कोइरालामाथि आक्रमण हुँदा उनको हात भाँचिएको थियो । उक्त घटनामा महेन्द्रले पार्टी सभापति तथा पार्टीको हित विपरित अभिव्यक्ति दिएको काँग्रेसले आरोप लगाएको छ ।