एकजुट हुन दबाबसहित ज्ञापनपत्र


एकजुट हुन दबाबसहित ज्ञापनपत्र

नेपालगन्ज : नेकपा भित्रको आन्तरिक छलफल बहस र अन्तरसंघर्षका कारण पार्टीको एकता नै गम्भीर मोडमा पुगेको देखिएकोछ । यसबारे बाँकेमा पनि चासो र चिन्ता गरिन थालिएको छ ।

बाँकेको राष्ट्रिय युवा संघ र अनेरास्ववियुमा आबद्ध युवाहरुले जिल्ला कमिटि मार्फत नेकपाका अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएका छन ।
ज्ञापनपत्रमा नेतृत्वले आ—आफ्नो गम्भीर कमि कमजोरी र अहंकारलाई त्यागेर आत्म समिक्षा सहित रुपान्तरण हुनको विकल्प नरहेको उल्लेख गरेका छन् । अहिले भैरहेका गतिविधिले पार्टि एकतालाई प्रश्रय दिनुको साटो गुटफुटलाई दिएकाले सबै नेता तथा कार्यकर्ता शुभेच्छुक शुभचिन्तकहरुले आफ्नो ठाउँबाट पार्टि फुट होइन बलियो एकताको लागी खबरदारी गर्न चिन्ता लिनुपर्नेमा जोड दिएका थिए ।

एकताबाट भाग्ने छुट कसैलाई नभएको भन्दै व्यक्ति भन्दा निति विधि र मूल्यमान्यता स्थापित भएको बलियो कम्यूनिष्ट पार्टि चाहिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । युवा सघं नेपाल बाँकेका संयोजक कुश्माखर बस्याल, अनेरास्ववियु बाँकेका संयोजक सुरेन्द्रजंग शाहले सयुक्त हस्ताक्षर गरि ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा बाँकेका सचिव अशोक कोइराला, जिल्ला कमिटी सदस्य रत्न खत्री, युवा लोकप्रिय नेता किशोर थापा लगायतको सहभगीता थियो ।

Kanti Aarogya Hospital Nepalgunj

ज्ञापनपत्र बुझाउने कार्यक्रममा युवा लोकप्रिय नेता किशोर थापाले नेकपामा विबाद आउनु भनेको केन्द्रदेखि जिल्ला हुँदै स्थानीय तह सम्मको संगठनमा विचलन आउने र संगठन तथा पार्टी कमजोर हुदै जाने अवस्था देखिएको बताए ।

शीर्षनेताहरूले आम नागरिक र कार्यकर्ताको भावनामा ठेस नलाग्ने गरी उनीहरूको चाहाना र भावनाअनुसार कदम चाल्नुपर्नेमा उनले जोड दिएका छन् । ‘आफनै नेताहरु मिलेर बस्नुस पार्टी बचाउनोस्, अनि राष्ट्र बचाउनोस’ भनि कार्यकर्ताले दबाब दिनुपर्ने अवस्था प्रति खिन्नताबोध गर्दै युवा नेता थापाले दुबै अध्यक्ष र शीर्षनेताहरू यस बिषयमा गम्भीर हुन जरूरी देखिएको उनले बताए ।