कोहलपुरका भविलाल पुन ४ किलो अफिम सहित पक्राउ


कोहलपुरका भविलाल पुन ४ किलो अफिम सहित पक्राउ

नेपालगन्जः बाँके प्रहरीले अफिम सहित एक जनालाई नियन्त्रणमा लिएकोछ । बाँकेको कोहलपुरमा लागुऔषध अफिम कारोबार भइरहेको सूचना पाएलगत्तै चेकजाँच गर्दा अफिम सहित एक जनालाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता एवम डिएसपी सुभाष खड्काले जानकारी दिए ।

डिएसपी खड्काका अनुसार बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी ४२ वर्षिय भबिलाल पुन मगरलाई ४ किलो १७४ ग्राम लागुऔषध अफिम सहित नियन्त्रणमा लिइएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ गोलपार्क स्थित एलबी गेष्टहाउसबाट अफिम सहित मगरलाई जिल्ला प्रहरी कार्यालय बाँके, लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीलले संयुक्तरुपमा नियन्त्रणमा लिइएको खड्काले बताए ।

जाजरकोट नगरपालिका वडा नम्बर १ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ आनन्दनगरमा मगर बस्दै आएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यतिबेला कोहलपुर स्थित ईलाका प्रहरी कार्यालयमा राखिएका उनीमाथि थप अनुसन्धान भइरहेकोछ । डिएसपी खड्काले भने–‘बरामाद गरिएको लागुऔषध अफिम सहित पुनलाई जिल्ला प्रहरी कार्यालय केही बेरमा ल्याई थप कारबाही अगाडी बढाइनेछ ।’

यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले पछिल्लो समय बाँकेमा भइरहेका अपराधिक गतिविधि तथा कानून विपरित कार्यमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकाछन् ।

बिहीबार बाँकेको नेपालगन्ज र राप्ती सोनारी गाउँपालिकामा भएको खुकुरी हानाहान तथा शुक्रबार लागुऔषध अफिम सहित पक्राउ परेको घटनाप्रति गम्भीर रहेको बताए ।

सेतोखरीसंगको कुराकानीमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले भने–‘यो या त्यो माइनेमा कुनैपनि प्रकारका अपराध र अपराधिक गतिविधिमा लागेकालाई उन्मुक्ति दिइदैन ।’ उनले अगाडी थपे–‘प्रहरी सहितको प्रशासनले जिल्लाको शान्ति सुरक्षा तथा सद्भावका लागि कसैसंग सम्झौता गरिदैन ।’