नेपालगन्ज : भारतमा रहेका नेपालीमाथि प्रहार शुरु भएकोछ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिलाई लिएर भारतमा रहेका नेपालीमाथि आक्रमण शुरु भएको हो ।
भारतको बनारसमा एक नेपालीमाथि बलपूर्वक केस मुण्डन गर्दै दुव्यर्वहार गरिएकोछ । विश्व हिन्दु सेनाका कार्यकर्ताका नाममा रहेका गुण्डाद्वारा बनारसमा रहेका एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेका छन् ।
यतिमात्र होइन धर्मका नाममा उनलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दावादको नारा समेत लगाउन बाध्य पारिएकोछ । अझ कथित विश्व हिन्दु सेनाका कार्यकर्ताले उक्त घटनाको भिडियो फुटेज विश्व हिन्दु सेना आफैंले सार्वजनिक गर्दा यतिबेला यो घटनाले सर्वत्र चर्चा पाएकोछ ।
यो घटना सामाजिक सञ्जाल लगायतमा भाइरल बनेपछि स्थानीय प्रहरीले लगत्तै विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर गरेकोछ ।
यसैबीच नयाँदिल्लीस्थित नेपाली दूताबासले पनि घटनाबारे चासो देखाएको छ । नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरि दोषीमाथि कानूनी कारबाही गरिनुपर्ने बताएका छन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?