भारतमा नेपालीमाथि दुव्यर्वहार


भारतमा नेपालीमाथि दुव्यर्वहार

नेपालगन्ज : भारतमा रहेका नेपालीमाथि प्रहार शुरु भएकोछ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिलाई लिएर भारतमा रहेका नेपालीमाथि आक्रमण शुरु भएको हो ।

भारतको बनारसमा एक नेपालीमाथि बलपूर्वक केस मुण्डन गर्दै दुव्यर्वहार गरिएकोछ । विश्व हिन्दु सेनाका कार्यकर्ताका नाममा रहेका गुण्डाद्वारा बनारसमा रहेका एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेका छन् ।

यतिमात्र होइन धर्मका नाममा उनलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दावादको नारा समेत लगाउन बाध्य पारिएकोछ । अझ कथित विश्व हिन्दु सेनाका कार्यकर्ताले उक्त घटनाको भिडियो फुटेज विश्व हिन्दु सेना आफैंले सार्वजनिक गर्दा यतिबेला यो घटनाले सर्वत्र चर्चा पाएकोछ ।

यो घटना सामाजिक सञ्जाल लगायतमा भाइरल बनेपछि स्थानीय प्रहरीले लगत्तै विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर गरेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच नयाँदिल्लीस्थित नेपाली दूताबासले पनि घटनाबारे चासो देखाएको छ । नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरि दोषीमाथि कानूनी कारबाही गरिनुपर्ने बताएका छन् ।