नेपालगन्ज : अविरल वर्षासगैं आएको पहिरोले दार्चुलामा आमाछोरीको मृत्यु भएकोछ । दार्चुलामा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका आमाछोरी मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा नौगाड गाउँपालिका ६ की ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकै ६ वर्षीया छोरी आरती ठगुन्ना रहेकी छिन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार अविरल वर्षाका कारण पहिरोले घर पुरिएको थियो । घटनाको सूचना पाए लगत्तै खोजी तथा उद्दार कार्यमा जुटेको प्रहरीले मृत आमाछोरीलाई फेला पारेको हो । यद्यपी पहिरोका कारण सोही क्षेत्रमा केही घाइतेसमेत भएको बताइएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?