दार्चुलामा पहिरोले आमाछोरीको मृत्यु


दार्चुलामा पहिरोले आमाछोरीको मृत्यु

नेपालगन्ज : अविरल वर्षासगैं आएको पहिरोले दार्चुलामा आमाछोरीको मृत्यु भएकोछ । दार्चुलामा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका आमाछोरी मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा नौगाड गाउँपालिका ६ की ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकै ६ वर्षीया छोरी आरती ठगुन्ना रहेकी छिन् ।

Kanti Aarogya Hospital Nepalgunj

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार अविरल वर्षाका कारण पहिरोले घर पुरिएको थियो । घटनाको सूचना पाए लगत्तै खोजी तथा उद्दार कार्यमा जुटेको प्रहरीले मृत आमाछोरीलाई फेला पारेको हो । यद्यपी पहिरोका कारण सोही क्षेत्रमा केही घाइतेसमेत भएको बताइएको छ ।