File Photo
नेपालगन्ज : नेपालमा पहिलोपटक विदेशी नागरिकको कोरोनाका कारण मृत्यु भएकोछ । त्रिवि शिक्षण अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको हो ।
४८ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर शन्तकुमार दासले जानकारी दिए । उनका अनुसार ती महिलामा मुटुको समस्या थियो ।
उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि पोखराबाट शुरुमा ग्राण्डी अस्पतालमा ल्याइएको थियो । ग्राण्डीबाट उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा रेफर गरिएको थियो ।
ती महिलाको स्वाब परीक्षणका क्रममा मंगलबार कोरोना पोजिटिभ देखिएको हो । उनको स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पतालको आइसियुमा उपचार भइरहेको थियो । तर, बुधबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको डाक्टर दासले बताए ।
नेपालमा कोरोना संक्रमित विदेशी नागरिकको मृत्यु भएको यो पहिलो हो ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?