कोहलपुरमा नेकपाका गोपालसहित ९० जना काँग्रेसमा प्रवेश


कोहलपुरमा नेकपाका गोपालसहित ९० जना काँग्रेसमा प्रवेश

नेपालगन्ज : नेकपा बाँकेका जिल्ला कमिटि सदस्य गोपाल पुनमगरसहित ९० जना नेपाली काँग्रेसमा प्रवेश गरेकाछन् । ३८ औं वीपि स्मृति दिवसका अवसरमा बाँकेको कोहलपुरमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रमका क्रममा नेकपा बाँकेका जिल्ला कमिटि सदस्य गोपाल पुनमगर(अजय) सहित नेकपाका नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर गोपाल दहितको प्रमुख आतिथ्यतामा भएको पार्टि प्रवेश कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य गोपाल सहित ९० जना काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस क्षेत्रीय सभापति माधवराम खत्रीले जानकारी दिए ।

उनका अनुसार नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुमा नेकपाका केशव शाही, नारायण कडेँल, अशोक मंग्रती, हरिबहादुर थापाक्षेत्री, शुसीला शाही, गगन बुढाथोकी, विष्णु शाही, संदीप कुमाल, गोपाल परियार, ठाकुर प्रसाद श्रेष्ठ, दीनेश कुमार चौधरी, टंक चौलागाई, देवी कुमारी खत्री, खगेन्द्र पौडेल,पञ्चराम घर्ती, रणबहादुर बोगटी, प्रकाश ओली लगायतले नेपाली काँग्रेस बाँकेमा प्रवेश गरेका हुन् ।

नेकपा परित्याग गरेर आएकालाई नेपाली काँग्रेस बाँकेका सभापती किरण कोइरालाले अबिर लगाई दोसल्ला ओढाएर स्वागत गरेकी थिइन भने नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर गोपाल दहितले उनीहरुको सदस्यता प्रमाणित गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सो क्रममा बोल्दै नेपाली काँग्रेस केन्द्रिय सदस्य डाक्टर गोपाल दहितले वर्तमान सरकारका कतुर्तका कारण देशमा भ्रष्टाचार, अनियमितता बढ्दै गइरहेको बताए ।

उनले भने–‘वर्तमान सरकारकै रवैयाका कारण देशमा आम नागरिकले शान्ति, सुरक्षा, स्वास्थ्य तथा मानवअधिकारको अनुभूति गर्न सकिरहेकाछैनन् ।’ उनले थपे–‘दुइतिहाइको सरकार असफल भएकाले लोकतन्त्र, मानवअधिकार र राष्ट्र बचाउन वीपिको ‘गर या मर’ को अवस्था आएको छ ।’

केन्द्रिय सदस्यले नेकपा परित्याग गरि आएकालाई स्वागत गर्दै ‘राजनीतिक अधिकारलाई संस्थागत गर्न काँग्रेस अघि बढिरहेकोछ । देशको अभिभारा तरुणमाथि आएकोले युवा शक्ति देखाउनुपर्ने बताए ।’

सो क्रममा नेपाली काँगेस बाँकेका सभापती किरण कोइरालाले वर्तमान सरकार स्वच्छाचारी ढंगबाट अघि बढेकै कारण आम नागरिकले दुःख पाएको बताइन् ।

उनले भनिन–‘कोरोना जस्तो महामारिका बेला आम नागरिक स्वास्थ्य अधिकारबाट बञ्चित गराउनु, बन्दाबन्दीका कारण सिर्जित असहज परिस्थितीमा आम नागरिकको समस्या सम्बोधन गर्न नसक्नु र यो या त्यो ढंगले भ्रष्टाचारमा लिप्त छ ।’

तरुणदल कोहलपुर नगर सभापति हरिसिंह कठायतको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस बाँकेका उपसभापति फुलाराम थारु, क्षेत्रीय सभापति माधवराम खत्री, नेपाल तरुण दल बाँकेका सभापति वीरेन्द्रकुमार शाह, कोहलपुर नगरपालिकाकी उप्रमुख सञ्जु चौधरी, कोहलपुर नगर सभापति बलराम शर्मा लगायतको सहभागिता रहेको थियो ।