नेपालगन्ज : प्रहरीले दाङबाट अफिमसहित चार जनालाई पक्राउ गरेको छ ।
राप्ती गाउँपालिका–१ भालुबाङस्थित सोल्टी होटेलमा बसेर लागूऔषध कारोबार गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले ६ किलो ९६७ ग्राम अफिमसहित रोल्पाका चार जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका २ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्ती मगर, ३२ वर्षीय लालमन घर्ती मगर र सुनछहरी ५ का ३५ वर्षीय दुजबहादुर रोका रहेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द बताउँछन् ।
उनीहरुको साथबाट लागूऔषध ओसारपसारमा प्रयोग भएको लु १ च ६१७१ नम्बरको जिप र लु ४० प ९८०६ नम्बरको मोटरसाइकल पनि बरामद भएको उनले बताए ।
बिहीबार पक्राउ परेका चारै जनाविरुद्ध शुक्रबार लागूऔषध मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थप गराएर अनुसन्धान गरिरहेको चन्दले बताए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?