नेपालगन्ज : बाँकेमा एक श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । खजुरा गाउँपालिका वडा नम्बर– ६ गिजरा बस्ने ६५ वर्षीय मिछिया थारुले ७५ वर्षीय श्रीमान् लक्षीराम थारुको हत्या गरेकी हुन् ।
घरायसी सामान्य विवादका कारण आईतवार दिउँसो सवा ३ बजे मिछियाले श्रीमानको हात, खुट्टा र टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खडकाले जानकारी दिए ।
धारिलो हतियार प्रहारबाट लक्षीरामको घटनास्थलमै मृत्यु भएको छ । मिछियालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?