नेपालगन्ज : बर्दियाको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । आईतवार राती आत्महत्या गरेका ती व्यक्तिको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजिटिभ आएपछि नेपाली सेनाको भैरबप्रसाद गणको सुरक्षा गुल्म तुलापुरबाट सहसेनानी राधेश्याम विष्टको कमाण्डमा खटेको सेनाको टोलीले सो शव व्यवस्थापन गरेको हो । पीसीआर रिपोर्ट नआउँदासम्म उनको शव झुण्डिए कै अवस्थामा रहेको थियो ।
अछाम घर भएका ४३ वर्षीय पुरुष भारतबाट कैलाली हुदै बर्दिया आएका थिए । स्थानीयबासीका अनुसार अछाम जाने अवस्था नभएपछि उनी सामान्य नाता पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको सैनवारमा पुगेका उनलाई ठाकुरबाबा नगरपालिकाकाले क्वारेन्टिनमा लगेर राखेको थियो । क्वारेन्टिनमा रहेको तन्नाको पासो लगाएर उनले आत्महत्या गरेका थिए ।
आत्महत्या भएको खबर पाए लगत्तै कोरोना संक्रमण भए नभएको पत्ता लगाउन उनको स्वाब नेपालगन्ज स्थित भेरी अस्पतालमा परीक्षणका लागि ल्याइएको थियो । सोमबार अबेर साँझ उनमा कोरोना भाइरस पोेटिभ पाइएपछि नेपाली सेनाको टोलीले सोमबार राती नै उनको शव व्यवस्थापन गरेको हो ।
नेपाली सेनाको टोलीले उनको शवलाई अन्तिम सलामी दिदै सम्मानका साथ शव व्यवस्थापन गरेको थियो । कोबिड–१९ को संक्रमणको कारण मृत्यु भएकाहरुको शव नेपाली सेनाले सम्मानका साथ व्यवस्थापन गर्दै आएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?