नेपालगन्ज : बाँके प्रहरीले ३ बोरा अबैध सुर्तीसहित एकजनालाई नियन्त्रणमा लिएकोछ ।
बाँके डुडुवा गाउँपालिकाबाट सोमबार राती अबैध ३ बोरा सुपर पावर सुर्तीसहित सोही गाउँपालिका वडा नम्बर २ बेतहनी बस्ने सियाराम केवटलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी चौकी बेतहनीबाट खटेको प्रहरी टोलीले सोमबार राती १० बजे डुडुवा गाउँपालिका वडा नम्बर २, अमृतपुर्वाबाट सुर्तीसहित केवटलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
पक्राउ परेका केवटले भारतबाट नेपालतर्फ ल्याउदै गरेको अन्दाजी १८ हजार रुपैयाँको अबैध सुर्ती, साईकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि प्रकृया अगाडी बढाएकोछ ।
यसैबीच, सोमबार बेलुका बाँके प्रहरीले एक बोरा कमला पसन्द (गुट्खा) सहित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बस्ने सलमान दर्जीलाई नियन्त्रणमा लिएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ बाट सलमान दर्जीलाई भन्सार छलि ल्याएको एक बोरा कमला पसन्द (गुट्खा) सहित नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको उक्त गुट्खा अन्दाजी पाँच हजार रुपैयाँको रहेको बताएकोछ । पक्राउ परेका दर्जी र बरामद गरिएको कमला पसन्दलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएकोछ ।