नेपालगन्ज : प्रहरीले राजधानीको कमलादी र दरबारमार्ग क्षेत्रबाट बरामद गरेको १५ किलो पहेँलो धातुबाट आधा किलो सुन निस्किएकोछ ।
महानगरीय प्रहरी बृत्त दरबारमार्गले बरामद गरेको उक्त धातुमध्ये अधिकांश पित्तल भएको खुलेको छ । प्रहरीले अवैधरुपमा भित्र्याएको अवस्थामा उक्त धातु कमलादीबाट बरामद गरेको थियो ।
प्रहरीका अनुसार बरामद भएको सुनमा एक केजी लेखिएको थान ८, २५० ग्राम लेखिएको २६ थान र ५०० ग्राम लेखिएको एक थान पहेँलो धातुको टुक्रा रहेको छ । जसमा गरिएको परीक्षणमा आधा केजी मात्रै सुनका रुपमा पुष्टि भएको हो ।
प्रहरीले सुनसँगै दुई थान अवैध हतियार पनि बरामद गरेको छ । महानगरि प्रहरी बृत्तका अनुसार माउजर मोडेल चाइना लेखिएको दुई थान पेस्तोल बरामद भएको हो ।
प्रहरीले सोमबार विशेष सूचनाको आधारमा सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेका थिए ।
उक्त सामान कमलादीस्थित कृष्ण पाउरोटी नजिकै चेकजाँचका क्रममा बा ६ च५५१९ नम्बरको स्कोर्पियो गाडीले बोकेर ल्याएको खुलेको छ । उक्त गाडी चेकजाँचका क्रममा त्यसमा सवारमध्ये एकजनाले नबिल बैंक अगाडिको सडकमा फालेको सेतो झोलाबाट बरामद भएको थियो । यद्यपी गाडीको पहिचान भइसकेको र गाडीको खोजतलास जारी रहेको प्रहरीले जनाएकोछ ।