पहिरोले पुरिँदा दाङमा दुईजनाको मृत्यु


पहिरोले पुरिँदा दाङमा दुईजनाको मृत्यु

फाइल तस्बिर ।

दाङ : दाङमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका ५ का २६ वर्षीया बाटुली नेपाली र उनका २ वर्षीया छोरी आयुश्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गएराति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ । –रासस

Kanti Aarogya Hospital Nepalgunj