फाइल तस्बिर ।
दाङ : दाङमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका ५ का २६ वर्षीया बाटुली नेपाली र उनका २ वर्षीया छोरी आयुश्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गएराति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ । –रासस
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?