नेपालगन्ज : सशस्त्र प्रहरीको नेपालगन्ज जयसपुर बिओपीले भारतबाट भित्रीरहेको लाखौ मूल्य बराबरको अवैध सामाग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरबाट विद्युतीय सामग्रीमा १० थान मोबाइल सेट, ३२ थान मोबाइलको चार्जर, सात थान सानो वुफर, घडी एक थान, डाटा केबल ठुलो सात थान र डाटा केबल सानो नौं थान बरामद गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक नरबहादुर सुनुवार राईको नेतृत्वको टोलीले सुर्तीजन्य पदार्थ सुपरपावर सुर्ती २९५ पोका र १९० बण्डल बिडी पनि बरामद गरेको छ ।
बरामद गरिएका सबै अवैध सामग्रीको मूल्य एक लाख १३० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । बरामद गरिएका विद्युतिय र सुर्तीजन्य सामग्रीलाई आजै नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?