नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ बस्ने छोटु लोनिया लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेकाछन् ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण ब्यूरो शाखा नेपालगन्जको संयुक्त पहलमा ४ ग्राम ब्राउन सुगरसहित उनलाई नियन्त्रणमा लिइएको हो ।
शुक्रबार दिउँसो २ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ गौरीपुर्वामा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा २८ वर्षिय लोनियालाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
बरामद लागुऔषध सहित लोनियालाई हिरासतमा राखि आवश्यक कारबाही अगाडी बढाइएकोछ ।
यसैबीच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ एबिसी रेजिडेन्टियल स्कुल नजिकबाट अवैध कपडासहित २ थान मोटरसाईकल नियन्त्रणमा लिइएकोछ ।
शुक्रबार मध्यान्ह साढे १२ बजे अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा ल्याउदै गरेको काँचो कपडा १९ थान, कुर्ता सुरुवालको कपडा १४ पोका र भे ४ प २९४३ तथा भे६प ८८५४ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएकोछ ।