नेपालगन्ज : नेपाली काँग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी आवद्ध म्याद सकिएका भातृ संघहरुको पदावधि ६ महिना थप गरेको जनाएकोछ ।
आगामी केन्द्रिय कार्यसमिति बैठकबाट अनुमोदन गर्ने गरी भातृ संस्थाको पदावधि ६ महिना थप गरिएको उक्त विज्ञप्तीमा उल्लेखछ ।
‘नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ् संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएकोले आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिबाट ६ महिनाका लागि निर्देशानुसार म्याद थपिएको छ ।’ नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।