नेपालगन्ज : नेपाली काँग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी आवद्ध म्याद सकिएका भातृ संघहरुको पदावधि ६ महिना थप गरेको जनाएकोछ ।
आगामी केन्द्रिय कार्यसमिति बैठकबाट अनुमोदन गर्ने गरी भातृ संस्थाको पदावधि ६ महिना थप गरिएको उक्त विज्ञप्तीमा उल्लेखछ ।
‘नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ् संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएकोले आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिबाट ६ महिनाका लागि निर्देशानुसार म्याद थपिएको छ ।’ नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बाँके क्षेत्र नं २ को क्षेत्रीय सभापति चुनिए नरेन्द्रकुमार चौधरी, चारजना प्रदेस सांसद महाधिवेशन प्रतिनिधमा पराजित
नेपाली काँग्रेस १५ औं महाधिवेशनका लागि प्रतिनिधि चुनिए गगन र विश्व
पत्रकार हेमन्त मल्ल प्रक्राउ : सांसद र गृहमन्त्रालयकै नाम जोडिएको अडिओ प्रकरण के हो?
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?