नेपालगन्ज : बाँके डुडुवा गाउँपालिका वडा नम्बर ५ बस्ने अरुण यादवलाई बाँके प्रहरीले पक्राउ गरेकोछ ।
जेठ १४ गते डुडुवा गाउँपालिका वडा नम्बर ४ खालेमसाह बस्ने ८५ वर्षिय बृद्धलाई यादव सवार भे९प ९२२६ को मोटरसाईकलले ठक्कर दिएको थियो ।
मोटरसाईकल ठक्करबाट घाईते बृद्ध नायब खाँको उपचारका क्रममा जेठ १५ गते मृत्यु भएको थियो । घटना लगत्तै फरार रहेका यादवलाई पक्राउ गर्न उनीमाथि सवारी ज्यान मुद्दा दर्ता गरिएको थियो ।
१९ वर्षिय यादव सवारी ज्यान मुद्दामा फरार रहेका थिए । सोमबार उनलाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
उनले यादवलाई हिरासतमा राखी उनीमा थप अनुसन्धान भइरहेको बताए । बाँके प्रहरीले पछिल्लो समय विभिन्न अपराध गरेर फरार रहेका अपराधी तथा प्रतिबादीहरुलाई खोजीखोजी पक्राउ गरिरहेको छ ।
बाँके प्रहरीले जिल्लामा अपराध तथा अपराधमा संलग्नहरुको सूची नै तयार पारी उनीहरुको खोजीका लागि विशेष सुरक्षा टोली समेत खटाएकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?