भारतीय मोटरसाईकलको ठक्करमा ६ वर्षिय बालक घाइते


भारतीय मोटरसाईकलको ठक्करमा ६ वर्षिय बालक घाइते

नेपालगन्ज : बाँकेको राप्तीपारी बघौडा क्षेत्रमा भारतीय मोटरसाईकलको ठक्करबाट एक बालक घाइते भएकाछन् ।

बाँकेको नरैनापुर गाउँपालिका ५, मटैहीया चोक नजिक नरैनापुरबाट फत्तेपुरतर्फ आउदै गरेको भारतीय यूपी४६इ९२०७ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ बिहीबार राती साढे ८ बजे ब्रिजेश तमौलीलाई ठक्कर दिएको हो ।

मोटरसाईकल ठक्करबाट भारत बघौडा घर भइ नरैनापुर गाउँपालिका वडा नम्बर ५ शर्बराजपुर मामाघर आएका ६ वर्षिय बालक ब्रिजेशलाई ठक्कर दिदाँ उनको टाउको र खुट्टामा चोट लागेको पाँच नम्बर प्रहरी प्रदेश कार्यालय दाङका प्रवक्ता एवम प्रहरी वरीष्ठ उपरीक्षक राजकुमार बैदावारले जानकारी दिए ।

उनका अनुसार नरैनापुरबाट फत्तेपुरतर्फ जाँदै गरेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ कोहला बस्ने २३ वर्षिय याकुब मुकेरीले चलाएको यूपी ४६इ९२०७ नम्बरको भारतीय मोटरसाईकलको ठक्करबाट ब्रिजेश घाईते भएका हुन् । उनले भने घाईते बच्चाको अवस्था सामान्य रहेकोले थप उपचारका लागि नेपालगन्ज नर्सिंङ होम पठाइएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

दुर्घटना लगत्तै प्रहरी नायब निरीक्षक राजेश्वर गोसाईको कमाण्डमा गएको पाँच जनाको टोलीले मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडी बढाइएको उनले बताए ।