नेपालगन्ज : बाँकेको राप्तीपारी बघौडा क्षेत्रमा भारतीय मोटरसाईकलको ठक्करबाट एक बालक घाइते भएकाछन् ।
बाँकेको नरैनापुर गाउँपालिका ५, मटैहीया चोक नजिक नरैनापुरबाट फत्तेपुरतर्फ आउदै गरेको भारतीय यूपी४६इ९२०७ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ बिहीबार राती साढे ८ बजे ब्रिजेश तमौलीलाई ठक्कर दिएको हो ।
मोटरसाईकल ठक्करबाट भारत बघौडा घर भइ नरैनापुर गाउँपालिका वडा नम्बर ५ शर्बराजपुर मामाघर आएका ६ वर्षिय बालक ब्रिजेशलाई ठक्कर दिदाँ उनको टाउको र खुट्टामा चोट लागेको पाँच नम्बर प्रहरी प्रदेश कार्यालय दाङका प्रवक्ता एवम प्रहरी वरीष्ठ उपरीक्षक राजकुमार बैदावारले जानकारी दिए ।
उनका अनुसार नरैनापुरबाट फत्तेपुरतर्फ जाँदै गरेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ कोहला बस्ने २३ वर्षिय याकुब मुकेरीले चलाएको यूपी ४६इ९२०७ नम्बरको भारतीय मोटरसाईकलको ठक्करबाट ब्रिजेश घाईते भएका हुन् । उनले भने घाईते बच्चाको अवस्था सामान्य रहेकोले थप उपचारका लागि नेपालगन्ज नर्सिंङ होम पठाइएकोछ ।
दुर्घटना लगत्तै प्रहरी नायब निरीक्षक राजेश्वर गोसाईको कमाण्डमा गएको पाँच जनाको टोलीले मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडी बढाइएको उनले बताए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?