नेपालगन्ज : पूर्वपश्चिम(महेन्द्र) राजमार्गमा साइकल यात्रीलाई कारले ठक्कर दिएकोछ ।
कपिलवस्तु बाणगंगा नगरपालिका–२ बैरीया स्थित पूर्बपश्चिम(महेन्द्र) राजमार्गमा कारले साइकलयात्रीलाई ठक्कर दिदाँ रुपन्देही कंचन गाउँपालिका– ३ बस्ने ५२ वर्षिय शेषराज थारु घाईते भएकाछन् ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बा ११ च ५१५९ नम्बरको कारले बिपरीत दिशाबाट आउदै गरेका साईकल यात्री थारुलाई ठक्कर दिदा उनको टाउकोमा चोट लागेको छ ।
बिहीबार राती ८ बजे भएको उक्त दुर्घटना लगत्तै प्रहरीले कार र कार चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाएकोछ भने घाईते थारुको थप उपचारका लागि बुटवल पठाइएको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रवक्ता एवम बरीष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदावारले जानकारी दिए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?