साइकलयात्रीलाई कारले दियो ठक्कर


साइकलयात्रीलाई कारले दियो ठक्कर

नेपालगन्ज : पूर्वपश्चिम(महेन्द्र) राजमार्गमा साइकल यात्रीलाई कारले ठक्कर दिएकोछ ।

कपिलवस्तु बाणगंगा नगरपालिका–२ बैरीया स्थित पूर्बपश्चिम(महेन्द्र) राजमार्गमा कारले साइकलयात्रीलाई ठक्कर दिदाँ रुपन्देही कंचन गाउँपालिका– ३ बस्ने ५२ वर्षिय शेषराज थारु घाईते भएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बा ११ च ५१५९ नम्बरको कारले बिपरीत दिशाबाट आउदै गरेका साईकल यात्री थारुलाई ठक्कर दिदा उनको टाउकोमा चोट लागेको छ ।

बिहीबार राती ८ बजे भएको उक्त दुर्घटना लगत्तै प्रहरीले कार र कार चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाएकोछ भने घाईते थारुको थप उपचारका लागि बुटवल पठाइएको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रवक्ता एवम बरीष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदावारले जानकारी दिए ।