नेपालगन्ज : बाँके प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादी एक जनालाई पक्राउ गरेकोछ । बाँके डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीको डलैपुर बस्ने २२ वर्षिय रोमन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत बाँके प्रहरीले उनलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता एबम सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
पक्राउ परेका क्षेत्रीले बाँके डुडुवा गाउँपालिका वडा नम्बर ५ डलैपुर बस्ने २२ वर्षिय एकलाल बोहरालाई ज्यान मार्ने मनसायले धारिलो हतियार प्रहार गरि घाईते बनाएका थिए ।
घटना लगत्तै ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा भएको मुद्दा दर्तामा अदालतले २०७२ भदौ ९ गतेको क्षेत्रीलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । पक्राउ परेका क्षेत्रीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाईएको बाँके प्रहरीले जनाएकोछ ।
उक्त घटनामा संलग्न जिल्ला बाँके साविक कम्दी ९ हाल डुडुवा गाउँपालिका वडा नम्बर ५ डलैपुर बस्ने ज्ञानु बोहरा, भिम बहादुर विक, शंकर क्षेत्रीलाई तत्काल पक्राउ गरिएको थियो । उनीहरु हाल सजाय काटी छुटिसकेका छन् । भने सोही स्थान बस्ने ललित क्षेत्री तथा देव बहादुर बुढाक्षेत्री हालसम्म फरार रहेकाछन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?