नेपालगन्ज : बाँके प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरेकोछ । नागरिकता किर्ते मुद्धामा जिल्ला अदालत बाँकेबाट कैद सजाय सुनाईएका ब्यक्ति पक्राउ गरेको हो ।
अदालतबाट कैद सजाए सुनाए लगत्तै फरार रहेका बाँके नरैनापुर गाउँपालिका वडा नम्बर २ गंगापुरका ४० वर्षिय सागर अलि साईलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट कैद तथा जरिवाना भई फरार भएका ब्यक्तिहरु पक्राउ गर्ने अभियान चलाउँदै आएको छ । सोही अभियान अन्तर्गत शनिबार राती १२ बजे नागरिकता किर्ते मुद्धामा ६ महिना कैद सजाय पाएका नरैनापुर २ गंगापुर बस्ने ४० वर्षिय साईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । पक्राउ परेका साईलाई थप कारवाहीका लागि जिल्ला अदालत बाँकेमा उपस्थित गराईएको खड्काले बताए ।