नेपालगन्ज : बाँके प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरेकोछ । नागरिकता किर्ते मुद्धामा जिल्ला अदालत बाँकेबाट कैद सजाय सुनाईएका ब्यक्ति पक्राउ गरेको हो ।
अदालतबाट कैद सजाए सुनाए लगत्तै फरार रहेका बाँके नरैनापुर गाउँपालिका वडा नम्बर २ गंगापुरका ४० वर्षिय सागर अलि साईलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट कैद तथा जरिवाना भई फरार भएका ब्यक्तिहरु पक्राउ गर्ने अभियान चलाउँदै आएको छ । सोही अभियान अन्तर्गत शनिबार राती १२ बजे नागरिकता किर्ते मुद्धामा ६ महिना कैद सजाय पाएका नरैनापुर २ गंगापुर बस्ने ४० वर्षिय साईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । पक्राउ परेका साईलाई थप कारवाहीका लागि जिल्ला अदालत बाँकेमा उपस्थित गराईएको खड्काले बताए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?