गायत्रीनगरका सुकुम्बासीलाई खानाकै समस्या


गायत्रीनगरका सुकुम्बासीलाई खानाकै समस्या

File Photo

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वाड नम्बर –२० मनिकापुरको गायत्रीनगरमा बसोबासरत सुकुम्बासी÷भूमीहिनलाई समस्यामाथि समस्या थपिदै गएका छन् ।

कोरोना भाइरसको बढ्दो संक्रमणकाबीच निरन्तरको लकडाउन र बेला बेला गरिएको निषधाज्ञाले मजदूरी गरेर जीवन निर्वाह गर्ने उनीहरुलाई खाना खान समेत समस्या परिरहको छ ।

वर्षौदेखि सुकुम्बासी/भूमीहिनका नाममा आदर्श माविको जग्गामा बसोबास गरिरहेका ६० परिवारहरुलाई हालै नजिकै नाला किनारमा स्थानान्तरण गरिएपछि व्यवस्थित बस्ने प्रयास जारी रहको थियो ।

नेपालगन्ज २० नम्बर वडा समिति कार्यालयको अग्रसरता र सम्वाद समुह, बाँकेको सम्वाद सहजिकरणपछि डेढ दशक अघिदेखिको बसोबासको किचलो अन्त्य भएको थियो । विद्यालयको अतिक्रमित जग्गा खाली भइसकेको थियो भने अधिकांस परिवारले घर बनाएर अन्यत्र बस्ने चाँजो मिलाइरहेका बेला लकडाउन भएपछि बिचल्ली भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

सो क्षेत्रमा कुचबंधियासहित करिब ८५ घरपरिवार रहेका छन् । दिनभर काम गरेर साँझपख जोहो गर्ने अधिकांस परिवार यती बेला थप आहतमा परेकाछन् । अपाङ्ग, अशक्त, एकल महिला, बृद्ध, बृद्धाहरु झनै अफ्ठयारोमा परेका छन् । लगातारका बन्दले मजदूरी गर्ने, रिक्सा चलाउने, मीस्त्री, ठेला व्यापार, घुम्ती पसल लगायतका काममा संलग्नहरु पनि मारमा परेका छन् ।

‘भएको राशन पानी, पैंसो सबै सकियो, काम गर्ने वातावरण पनि छैन । के गरेर गुजारा गर्ने हो भन्ने पीर छ’– कृष्ण बहादुर कामीले सामुहिक समस्या सुनाए । केही समयअघि वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्थाको खाद्यान्न सहयोगले केही राहात भएपनि अहिले भने थप समस्या दखिएको छ ।

स्थानीय अगुवा लाल बहादुर परियारले भने–‘खाने कुरा पनि छैन्, काम पनि छैन, समस्यामाथि समस्या थपीएको छ । अपाङ्गसमेत रहेका परियारको एउटै माग थियो–कहीं कतैबाट खाद्यान्न सहयोग जुटाई दिनुस् ।’