File Photo
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वाड नम्बर –२० मनिकापुरको गायत्रीनगरमा बसोबासरत सुकुम्बासी÷भूमीहिनलाई समस्यामाथि समस्या थपिदै गएका छन् ।
कोरोना भाइरसको बढ्दो संक्रमणकाबीच निरन्तरको लकडाउन र बेला बेला गरिएको निषधाज्ञाले मजदूरी गरेर जीवन निर्वाह गर्ने उनीहरुलाई खाना खान समेत समस्या परिरहको छ ।
वर्षौदेखि सुकुम्बासी/भूमीहिनका नाममा आदर्श माविको जग्गामा बसोबास गरिरहेका ६० परिवारहरुलाई हालै नजिकै नाला किनारमा स्थानान्तरण गरिएपछि व्यवस्थित बस्ने प्रयास जारी रहको थियो ।
नेपालगन्ज २० नम्बर वडा समिति कार्यालयको अग्रसरता र सम्वाद समुह, बाँकेको सम्वाद सहजिकरणपछि डेढ दशक अघिदेखिको बसोबासको किचलो अन्त्य भएको थियो । विद्यालयको अतिक्रमित जग्गा खाली भइसकेको थियो भने अधिकांस परिवारले घर बनाएर अन्यत्र बस्ने चाँजो मिलाइरहेका बेला लकडाउन भएपछि बिचल्ली भएको हो ।
सो क्षेत्रमा कुचबंधियासहित करिब ८५ घरपरिवार रहेका छन् । दिनभर काम गरेर साँझपख जोहो गर्ने अधिकांस परिवार यती बेला थप आहतमा परेकाछन् । अपाङ्ग, अशक्त, एकल महिला, बृद्ध, बृद्धाहरु झनै अफ्ठयारोमा परेका छन् । लगातारका बन्दले मजदूरी गर्ने, रिक्सा चलाउने, मीस्त्री, ठेला व्यापार, घुम्ती पसल लगायतका काममा संलग्नहरु पनि मारमा परेका छन् ।
‘भएको राशन पानी, पैंसो सबै सकियो, काम गर्ने वातावरण पनि छैन । के गरेर गुजारा गर्ने हो भन्ने पीर छ’– कृष्ण बहादुर कामीले सामुहिक समस्या सुनाए । केही समयअघि वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्थाको खाद्यान्न सहयोगले केही राहात भएपनि अहिले भने थप समस्या दखिएको छ ।
स्थानीय अगुवा लाल बहादुर परियारले भने–‘खाने कुरा पनि छैन्, काम पनि छैन, समस्यामाथि समस्या थपीएको छ । अपाङ्गसमेत रहेका परियारको एउटै माग थियो–कहीं कतैबाट खाद्यान्न सहयोग जुटाई दिनुस् ।’
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै
'भेरी नदी थुनिएकाे छैन, पहिराे करिडाेरमा पहिराे खसेकाे हाे'
एप्पलको ‘फोल्डेबल’ आईफोन कस्ताे छ, कति पर्छ?
भदौं २४ मा हाम्राे घर मात्रै होइन, ओलीलाई नै जलाउने उद्देश्य थियो : राधिका शाक्य
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?