महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघले ताला लगायो


महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघले ताला लगायो

नेपालगन्ज : नेपाल विद्यार्थी संघले नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा ताला लगाएकोछ ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको प्रशासनमा तालाबन्दी गरिएको क्याम्पस ईकाई कमिटी सभापति चन्द्रप्रशकास देवकोटाले जानकारी दिए । उनले एक विज्ञप्ती सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

‘त्रिविको शैक्षिक सुधार र विद्यार्थी हकहितका सम्बन्धमा उठाइएका जायज मागहरुलाई लिएर गरिएको आन्दोलमा राज्यले गरेको दमन धरपकड र गिरफ्तारी प्रति गम्भीर ध्यानाकर्षण भएकोछ ।’ नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस ईकाई कमिटीद्वारा जारी विज्ञप्तीमा भनिएकोछ ।
विज्ञप्तीमा अगाडी भनिएकोछ ‘कोरोना संक्रमण्को कारण देश आक्रान्त भइरहेको परिस्थितिमा जायज मागहरुका निम्ति उठेका आवाजहरु दबाउन सरकार र विश्वविद्यालयका पदाधिकारी लागि परेको घटनाले चिन्तित तुल्याएकोछ ।’

त्रिविमा विधिविधानलाई तिलाञ्जली दिदै गरिएको अवैधानिक नियुक्तीहरु निरंकुशतापूर्वक विश्वविद्यालयमा थुपार्ने कुराको विरोध गर्दा पक्राउ परेका नेविसंघका नेता कार्यकर्तालाई अविलम्ब रिहाई गर्न र प्राज्ञिक वातावरण निर्माण गर्न विज्ञप्तीद्वारा माग गरिएकोछ । अन्यथा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिन चाहान्छौ । सभापती देवकोटाद्वारा जारी विज्ञप्तीमा भनिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले पक्राउ परेका नेता कार्यकर्ता रिहाई नभएसम्म क्याम्पस प्रशासनमा तालाबन्दी गरेको जानकारी दिए ।