सिमकोट : पहिरो गएको चार दिनपछि राहत लिएर कर्णाली प्रदेश सरकारका मन्त्रीको टोली बाजुराको कोल्टी हुँदै हुम्लाको ताजाँकोट पुगेको छ ।
लामो समयदेखि परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिराले ताँजाकोट २ र ३ वडाका घरबारविहीन पहिरोपीडितका लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र कर्णाली योजना आयोगका सदस्य दीपेन्द्र रोकायाको टोली गाउँपालिका पुगेका हुन् ।
पहिरोलगत्तै राहत सामग्री लिएर हेलिकप्टरबाट जाने तयारी गरेको प्रदेश सरकारले हेलिकोप्टरको व्यवस्था नभएपछि चार दिनपछि पहिरोपिडितलाई राहत सामग्री लिएर घटनास्थलतर्फ पुगेको वडा ४ का अध्यक्ष प्रशान्त धमलाले जानकारी दिए ।
पहिरोबाट घरबारविहीन नागरिकलाई अस्थायी बसोबास गर्ने पाल र खानेकुरा लिएर टोली आइपुगेको जनाइएको छ । गत शनिबार र आइतबार ताँजाकोट २ र ३ मा गएको पहिरामा परेर गाउँपालिकाको कार्यालय, धर्मोदय माध्यमिक विद्यालयसहित ५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीका अनुसार पहिरामा परेर ११८ घरपरिवार विस्थापित तथा १९२ घरपरिवार उच्च जोखिममा छन् । पहिराले ७५६ जना आआफ्ना घरबाट विस्थापित हुनुपरेको मैला प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस
काठमाडौंमा घर भाडामा लिएर चिनियाँले बनाएका थिए सुन तस्करीको अड्डा
दसैंका लागि टिकट बुकिङ खुला
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व