नेकपा परित्याग गरेर ३६ जना काँग्रेसमा प्रवेश


नेकपा परित्याग गरेर ३६ जना काँग्रेसमा प्रवेश

बाँके (राप्ती सोनारी) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर ३६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर–२ माथेबासमा आईतबार आयोजित एक कार्यक्रममा उनीहरू प्रवेश गरेका हुन् ।

काँग्रेस क्षेत्र नम्वर–१ का सभापती माधवराम खत्रीको प्रमुख आथित्यता तथा नेपाली काँग्रेस राप्तीसोनारीका संयोजक भिम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवेश गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

नवप्रवेशीहरुलाई क्षेत्रीय सभापती खत्री, राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम काँग्रेस नेता लाहुराम थारु, नेपाली काँग्रेस राप्तीसोनारी संयोजक राना, पार्टीका महासमिति सदस्य भानुभक्त भट्टराई, नेपाल आदिबासी जनजाती संघ जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठ, काँग्रेस युवा नेता कृष्ण कार्की, नेपाल तरुण दल क्षेत्र नम्बर–१ का उप–सभापति खिम ओली, तरुण दल राप्तीसोनारी अध्यक्ष कुलबहादुर केसी लगायतले स्वागत गर्दै सदस्यता प्रदान गरेको काँग्रस युवा नेता छविलाल डाँगीले जानकारी दिए ।

पछिल्लो समयमा विभिन्न पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको छ । सत्तारुढ दल नेकपाले जनतालाई दिएको आश्वासन पूरा नगरेको, नेकपाको सरकार भ्रष्टाचार तथा आर्थिक अनियमिततामा चुर्लुम्म डुबेको, नेकपाभित्र बस्दा भविष्य नभएको नवप्रवेशीले बताएका छन् ।