हिन्दुराष्ट्र र राजसस्था पुर्नस्थापनाका लागि राप्रपको विरोध जुलुस


हिन्दुराष्ट्र र राजसस्था पुर्नस्थापनाका लागि राप्रपको विरोध जुलुस

नेपालगन्ज: राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज बाँके जिल्ला प्रशासन कार्यालय घेराउ गरिदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति बाँकेले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज १२ बजे पार्टी कार्यालयबाट सुरु हुने ¥यालीले जिल्ला प्रशासन कार्यालय बाँके घेराउ गर्ने जनाएको छ ।

राप्रपाले हिन्दुराष्ट्र र राज सस्था पुर्नस्थापना लगायत २२ बुदेँ माग सम्बोधन गराउन दवाव सिर्जना गर्नका लागि सो विरोध जुलुसको आयोजना गरिएको राप्रपाका नेता तेजनारायण कडँेलले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

यतिवेला पार्टी कार्यालयमा कार्यकर्ता, सुभेच्छुक, सर्वसाधरणको उपस्थित बाक्लिरहेको छ । केही बेरमै हामी नारा लगाउदै नगर परिक्रममा गरि बाँके जिल्ला प्रशासन कार्यालय घेराउ गर्नेछौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्व घोषित कार्यक्रम अन्र्तग हिन्दुराष्ट्र, राजसंस्था लगायत बिभिन्न २२ बुदे माग सहित आज राप्रपाले देशभरिका जिल्ला प्रशासन कार्यालय घेराउ गरि सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले बताए ।