नेपालगन्ज : विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्ने संख्या बढिरहेको छ ।
खजुरामा नेकपा, राप्रपा पार्टी छोडेर १ सय ५० जना काँग्रेसमा प्रवेश गरेका छन् । शनिबार खजुरामा तरुणदल खजुरा गाउँपालिका कार्यसमितिले गरेको रक्तदान कार्यक्रममा खजुरा क्षेत्रका युवाहरुले पार्टी प्रवेश गरेको काँगे्रसले बताएको छ ।
पुर्व सांसद बादशाह कुर्मी, नेपाली काँग्रेस महासमिति प्रतिनिधि लक्ष्मीनारायण शाह, क्षेत्रीय सभापती नक्की खाँ, नेपाली काँग्रेस खजुरा गाउँपालिका सभापती शेरबहादुर गुरुङ, तरुणदल बाँके सभापती विरेन्द्र बहादुर शाहले युवाहरुलाई अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
सरकारमा भएको पार्टीले गरेको गलत काम र भष्ट्राचारमा लिप्त भएका कारण काँग्रेस प्रति युवाको आर्कषण बढदै गएको नेपाली काँग्रेस खजुरा गाउँपालिका सभापती शेर बहादुर गुरुङले बताए ।
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन