कोहलपुर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पछिल्ला गतिविधीबाट रुष्ट बनेका कार्यकर्ताले धमाधम पार्टी छाड्ने क्रम बढेको छ । नेकपा पार्टी सत्तामा पुगेपछि जनताका अधिकार खोसेको, कोरोना भाइरस महामारीका बेलामा पनि भ्रष्टाचार र अनियमिततामा लिप्त रहेको भन्दै कार्यकर्ता असन्तृष्ट बनेका हुन् ।
असन्तुष्ट रहेका नेकपाका कार्यकर्ताले पार्टी परित्याग गरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा प्रवेशमा प्रवेश गरेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर–२ विकास नगरमा बिहीबार नेकपा परित्या गरी १ सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेस बाँकेका उपसभापति एवम् कार्यक्रमका प्रमुख अतिथी फुलाराम थारु, क्षेत्र नम्बर– १ का सभापति एवम् विशिष्ट अतिथी माधवराम खत्री लगायतले पार्टीमा स्वागत गरेका हुन् ।
नेकपाका स्थानीय नेता कृष्ण बस्नेतको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । सो क्रममा नेपाली काँग्रेस बाँकेका उपसभापति एवम् कार्यक्रमका प्रमुख अतिथी फुलाराम थारु, क्षेत्र नम्बर १ का सभापति एवम् विशिष्ट अतिथी माधवराम खत्री, नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलराम शर्मा, कोहलपुर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष एवम् का“ग्रेस नेता निरज चलाउने लगायतले नवप्रवेशी काँग्रेस कार्यकर्तालाई स्वागत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी थारुले वर्तमान सरकारले काण्डमाथी काण्ड गरिरहेको बताए । नेकपा सरकारले जनतालाई दुःख दिएर कोरोना महामारीको समयमा पनि भ्रष्टाचार र अनियमितता गरिरहेको बताए ।
विशिष्ट अतिथी एवम् क्षेत्रीय सभापति खत्रीले नेकपा सरकारले जताततै भ्रष्टाचार गरिरहेको बताए । सत्तारुढ दल नेकपाभित्र अहिले मैले भ्रष्टाचार गर्न पाएन भनेर लडाई गरिरहेको बताउँदै भने, ‘हुँदा हुँदा नेकपाको नेता भएकै कारण सर्प पाल्ने नाममा आफ्नो नेतालाई ७२ करोड बाँडिदैछ, किसानले मल बीउ पाए कि पाएनन भन्ने चिन्ता सरकारलाई छैन ।’
अत्याचार, शोषण र दमनविरुद्ध नेकपाभित्र पनि कार्यकर्ताले बोलिरहेको भन्दै त्यसलाई नेपाली काँग्रेसले अझ उजागर गर्न जरुरी रहेको क्षेत्रीय सभापति खत्रीले जोड दिए ।
सो क्रममा काँग्रेसका महासमिति सदस्य भानुभक्त भट्टराई, काँग्रेस नेता राजेन्द्र श्रेष्ठ, चक्र अधिकारी, लक्ष्मणराज पौडेल, काँग्रेस नगर सचिव भुमबहादुर भण्डारी, महाधिवेशन प्रतिनिधी एवम् नेपाल बिद्यार्थी संघ बाँकेका अध्यक्ष पुर्णप्रसाद आचार्य लगायत पार्टीका जिल्ला, क्षेत्र, नगर र वडा स्तरका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?