बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा नेपाली काँग्रेसको वडा कार्यालय शनिबार उद्घाटन गरिएको छ ।
नेपाली काँग्रेस बैजनाथ गाउँपालिका वडा नम्बर ५ का सभापति जोधिराम थारुको अध्यक्षता एवम् नेपाली काँग्रेस बाँकेका सचिव कपिल शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा पार्टीका महासमिति सदस्य देबहादुर खत्री, सहकारी विभागका केन्द्रिय सदस्य देवबहादुर केसी, नेपाली काँग्रेस बैजनाथ गाउँपालिका सभापति गगनबहादुर खत्री लगायतले मन्तब्य दिएका थिए ।
कार्यालय उद्घाटन भएपछि शनिबारबाटै कामकाज सञ्चालनमा आएको जिल्ला सचिव शर्माले जानकारी दिए । सो क्रममा विभिन्न पार्टी परित्याग गरेर २५ जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेको वडा समितिले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अधिकांस युवाहरु उक्त पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेका हुन् ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग