तरकारीको मूल्य निर्धारण हुन्छ, कार्यान्वयन हुँदैन

ग्राहकको अनुहार हेरेर तरकारीको मूल्य


तरकारीको मूल्य निर्धारण हुन्छ, कार्यान्वयन हुँदैन

नेपालगन्ज : कोरोना भाइस संक्रमणका कारण यतिबले बाँके प्रशासनले भारतबाट तरकारी जन्य बस्तु ल्याउने ब्यवस्था हटाएकोछ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनर गर्दै बाँके प्रशासनले यस्तो ब्यवस्था गरेको हो । जसले गर्दा भारतीय क्षेत्रबाट आयात हुने तरकारी, सागसब्जी तथा अन्य सामाग्री बन्द जस्तै भएको छ । यद्यपी विभिन्न चोरनाकाबाट तरकारी लगायतका सामाग्रीको ओसारपसार भने दिनहुँ हुदै आएकोछ ।

कोरोना भाइरस संक्रमणकाबीच करिब ७ महिना पुग्नै लाग्दा सरकारले निषेधाज्ञा हटाउनुका साथै लामो दूरीका यातायात सञ्चालनमा ल्याएकोछ । यातायात सञ्चालनमा आएपछि यतिबेला तरकारी तथा उपभोग्य सामानमा मनपरी मूल्य बृद्धि हुदाँ आम सर्वसाधरणको भान्छा महंगो बन्दै गएकोछ ।

ब्यवसायीले आफूखुसी तरकारीमा गरेको मूल्य बृद्धिका कारण यतिबेला नेपालगन्जमा तरकारी किनेर खान नसकिने अवस्थामा पुगेको छ ।
नेपालगन्जको सबैभन्दा पुरानो र आम सर्वसाधरणको भीड लाग्ने रानी तलाउ तरकारी मण्डीमा तरकारीको मूल्य निर्धारण हुन नसक्दा ब्यापारीले आफू खुसी तरकारीको मूल्य निर्धारण गरि विक्री गर्दै आएका छन् ।

तरकारीको मूल्य निर्धारण गर्ने कुनै आधार नभएपछि रानीतलाउ तरकारी मण्डी सञ्चालक समितिले ब्यापारीले विक्री गरेको आधारमा तरकारीको मूल्य निर्धारण गर्दै आएको रानी तलाउ तरकारी मण्डी ब्यवस्थापन समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्री बताउँछिन् । सञ्चालक समितिले तरकारीको मूल्य निर्धारण गरेपनि ब्यापारीले लागू नगरिदिँदा समस्या हुने गरेको उनको तर्क छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘समितिले तरकारीको मूल्य निर्धारण गर्छ, तर ब्यापारीले त्यो लागू नगरि ग्राहक हेर्दै आफू खुसी विक्री गर्दै आएका छन्’ अध्यक्ष थापाले अनुभव सुनाउदै भनिन्–‘लकडाउन हुनुअघि तरकारीको मूल्य नेपालगन्ज उपमहानगरपालिकाले निर्धारण गर्दै आएको थियो । तर, पछिल्लो समय त्यो पनि बन्द भयो जसका कारण यहाँ ब्यापारिहरुको मनपर्दी चलिरहेकोछ ।’

समितिले तरकारीको मूल्य निर्धारण गर्नुपर्ने हुन्छ । समितिले निर्धारण गरेको मूल्यमा रही ब्यापारीले त्यसको विक्रीवतरण गर्नुपर्नेमा ठिक उल्टो भइरहेकोछ ।’ समितिका अध्यक्ष थापाले भनिन्–‘ब्यापारीले कुन तरकारी कति रुपैँयामा विक्री गरिरहेका छन् भनेर सोध्छौँ र त्यसैको आधारमा मूल्य निर्धारण गर्छौँ ।’

नेपालगन्जस्थित रानी तलाउ तरकारी मण्डीमा यस्तो छ दररेट

टमाटर थोक प्रतिकिलो एक सय १० रुपैँयामा विक्री भइरहेको छ । ब्यापारीले टमाटर खुद्रामा प्रतिकिलो १२०–१४० रुपैँयामा विक्री गर्दै आएका छन् ।

यस्तै पछिल्लो समय ब्यापारीले विभिन्न कारण देखाउँदै प्याजको मूल्यमा ह्वात्तै बढाएकाछन् । मूल्यबृद्धि भएको प्याज थोकमा प्रतिकिलो एक सय २० रुपैँया र खुद्रामा एक सय ६०–८० रुपैँयामा विक्री भइरहेको छ । यस्तै आलुको थोक मूल्य प्रति किलो ८० रुपैँयाछ ।

भिण्डी प्रतिकिलो ९० रुपैँया, केरा प्रतिकिलो एक सय रुपैँया, लौका र फर्सी प्रति किलो ८० तथा खुर्सानी प्रति किलो एक सय २० रुपैँयामा विक्री भइरहेको छ ।

त्यसैगरी फुलगोभी प्रतिकिलो १२०–१४० रुपैँया, बन्दागोभी ९०, बोडी र परवर प्रतिकिलो एक सय २० रुपैँयामा विक्री भइरहेकोछ । त्यसैगरि सिम्ला मिर्चा एक सय ४० रुपैँया प्रतिकिलो र मुला तथा गाँजर प्रति किलो ९० रुपैँयामा विक्री हुँदै आएकोछ ।

यस्तै काँक्रा प्रतिकिलो ८०, भाण्टा प्रतिकिलो ७०, मुला प्रतिकिलो ७० र गाँजर प्रतिकिलो ८० रुपैँया, अदुवा प्रतिकिलो एक सय २० र लसुन प्रतिकिलो दुई सय रुपैँयामा बिक्री हुदै आएकोछ ।

अझ यसमा ग्राहकको लाग्ने भीड तथा पसलैपिच्छे ग्राहकको अनुहार हेर्दै गरिने ब्यापारले यी तरकारीको मूल्य हेरफेर हुनेगरेकोछ ।