कोहलपुरका प्रजातन्त्रबादी ईन्जिनियरहरु गोलबद्ध


कोहलपुरका प्रजातन्त्रबादी ईन्जिनियरहरु गोलबद्ध

नेपालगन्ज : कोहलपुर क्षेत्रमा रहेका प्रजातन्त्रबादी ईन्जिनियरहरु गोलबद्ध भएकाछन् ।

इन्जिनियर अर्जुनकुमार बटालाको सभापतित्वमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एशोसेशन कोहलपुर स्थानीय केन्द्र गठन गर्दै आईतबार प्रजातन्त्रबादी ईन्जिनियरहरु गोलबद्ध भएका हुन् ।

नव गठित उक्त स्थानीय केन्द्र समितिको उपसभापतिमा संदिप बिक्रम शाह, सचिवमा सन्तोष वाग्ले, कोषाध्यक्षमा रञ्जना पौडेल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा चुडामणी सुवेदी, राजकुमार निरौला, गणेशकुमार रेग्मी, समीर पोख्रेल र जयप्रकाश भण्डारी रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

उक्त स्थानीय केन्द्रको सल्लाहकारमा जीवन ढकाल, संदीप शर्मा, धर्मराज ओली, रोमहर्ष ओली रहेको नवर्निवचित सचिव वाग्लेले जानकारी दिए ।

स्थानीय केन्द्र गठनका लागि जिम्मेवारी पाएका संयोजक ईन्जिनियर अभिमन्यु कुमार सिन्हा तथा नेपाल इन्जिनियर्स एशोसियसनका केन्द्रीय सदस्य पारस खड्काको विशेष उपस्थितिमा गठन गरिएको सो केन्द्रले स्थानीयस्तरमा रहेका विभिन्न विधाका ईन्जिनियरहरु आफ्ना पेशागत सवालमा थप पहल र वकालत गर्ने बताइएकोछ ।